पाल्पा ।
पाल्पाकी चेली अन्जना सारु मगरले लोकप्रिय गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन–७ को ब्याटल राउन्ड सफलतापूर्वक पार गर्दै नकआउट चरणमा प्रवेश गरेकिछन।
ब्याटल राउन्डमा प्रस्तुत गर्नुभएको गीतमार्फत अन्जनाले आफ्नो दमदार स्वर, आत्मविश्वासपूर्ण प्रस्तुति र भावपूर्ण गायन कौशल प्रस्तुत गर्नुभयो, जसले निर्णायक मण्डल तथा दर्शकहरूको मन जित्न सफल भयो।
यस सफलतासँगै अब उहाँ नकआउट राउन्ड हुँदै फाइनल यात्राको प्रतिस्पर्धामा अगाडि बढ्नुहुनेछ। अन्जनाले आगामी चरणहरूमा पनि उत्कृष्ट प्रदर्शन गर्नेमा समर्थकहरू पूर्ण आशावादी छन्।
अन्जना सारु मगरको यस उपलब्धिले पाल्पा जिल्ला मात्र नभई समग्र लुम्बिनी प्रदेशका संगीतप्रेमीहरूलाई उत्साहित बनाएको छ। स्थानीयबासी, शुभेच्छुक तथा समर्थकहरूले उहाँलाई आगामी चरणहरूमा पनि निरन्तर सफलता मिलोस् भन्दै हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
प्रकाशित : २०८२ मंसिर २८ गते २०:१९
Facebook Comment