काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धरौटीमा रिहा हुने भएका छन्। उच्च अदालतले उनको हकमा यसअघि पुर्पक्षका लागि थुनामा पठाउने आदेश बदर गर्दै २ करोड ७४ लाख ८४ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो।
उच्च अदालतले लामिछानेले आफ्नो दायित्व बराबरको विगो राख्न तयार रहेको भनी निवेदन दिएको देखिएको उल्लेख गर्दै धरौटीमा रिहा गर्न उपयुक्त ठहर गरेको छ। अदालतको आदेशअनुसार तोकिएको धरौटी रकम बुझाएपछि उनी थुनामुक्त हुनेछन्।
यस आदेशसँगै हाल नख्खु कारागारमा रहेका लामिछाने रिहा हुने छन्।
उनको रिहाको खबरपछि समर्थकहरूमा खुसी छाएको छ। 🌹
प्रकाशित : २०८२ पुष ३ गते १९:२९
Facebook Comment