माथागढी गाउँपालिका–८ बहादुरपुरका विहानी कक्षामा जापानी ‘ओके बाजी’द्वारा स्टेसनरी वितरण

माधब पाण्डे
प्रकाशित : २०८२ पुष ८ गते २१:५०

माधब पाण्डे, जल्पा

माथागढी गाउँपालिका–८ बहादुरपुरका चारवटै वडामा सञ्चालनमा रहेका विहानी कक्षाका बालबालिकालाई जापानी नागरिक ‘ओके बाजी’ले स्टेसनरी सामग्री वितरण गर्नुभएको छ।
पछिल्ला ६ वर्षदेखि प्रत्येक दुई–दुई वर्षमा विहानी कक्षा सञ्चालन भवनदेखि आवश्यक स्टेसनरी सामग्री सहयोग गर्दै आउनु भएको र सोही उद्देश्यले नियमित रूपमा बहादुरपुर आइरहेको ओके बाजीले बताउनुभयो।
नजिकै रहेको बाल विकास आधारभूत विद्यालयमा दिउँसो पढ्न जाने भए पनि बालबालिकामा बिहानको समय विहानी कक्षामा अध्ययन गर्ने बानीको विकास भएको स्थानीय सान्तु रानाले जानकारी दिनुभयो।

विहानी कक्षाले बालबालिकाको अनुशासन, पढाइप्रतिको रुचि र सिकाइ क्षमतामा सकारात्मक प्रभाव परेको उहाँको भनाइ छ।


प्रकाशित : २०८२ पुष ८ गते २१:५०


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology