संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत एसबीआई बैंकद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

रमा भण्डारी रामपुर, पाल्पा
प्रकाशित : २०८२ पुष १८ गते १४:००

पौष १८ | रमा भण्डारी | रामपुर, पाल्पा
संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत एसबीआई बैंक लिमिटेडले पाल्पाको रामपुर नगरपालिका–५ सानीअमराईस्थित बालकल्याण प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ।


जाडो मौसममा विद्यार्थीलाई राहत पुगोस् भन्ने उद्देश्यले कक्षा १ देखि कक्षा ५ सम्म अध्ययनरत ७० जना विद्यार्थीलाई ट्र्याकसुट (न्यानो कपडा) वितरण गरिएको हो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि एसबीआई बैंक लिमिटेड, रामपुर शाखाका प्रमुख नवराज ढुंगाना रहनुभएको थियो।

कार्यक्रममा बोल्दै शाखा प्रमुख ढुंगानाले बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीलाई सानो भए पनि सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो। साथै उहाँले विद्यार्थीलाई अनुशासित भई मन लगाएर अध्ययन गर्न आग्रह गर्नुभयो।
कार्यक्रममा नवदुर्गा माध्यमिक विद्यालयका शिक्षक दीपेन्द्र भट्टराई, शिक्षक–अभिभावक संघका अध्यक्ष कोषराज खनाल तथा प्रधानाध्यापक नगेन्द्रप्रसाद काफ्लेले विद्यालयलाई गरिएको सहयोगप्रति एसबीआई बैंकलाई धन्यवाद व्यक्त गर्नुभयो।कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक बुद्धिराज आचार्यले गर्नुभएको थियो।


प्रकाशित : २०८२ पुष १८ गते १४:००


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology