नेपाली कम्युनिस्ट पार्टी रामपुरको समायोजन बैठक सम्पन्न

रमा भण्डारी रामपुर, पाल्पा
प्रकाशित : २०८२ पुष २७ गते १०:२५

पौष २६ — रमा भण्डारी, रामपुर (पाल्पा)
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) रामपुर नगर समितिको समायोजन भेला सम्पन्न भएको छ। नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) रामपुर नगर समितिबीच संयुक्त बैठक सम्पन्न भएको हो।


कार्यक्रमका प्रमुख अतिथि नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय नेता सोमप्रसाद पाण्डेले भदौ २३ र २४ गते भएको आन्दोलनमा घुसपैठ भएको दाबी गर्दै अमेरिकन एम्बेसीबाट बुलेटसमेत नेपाल आएको र त्यसमा घुसपैठ भएको कुरा आफूले सुनेको बताउनुभयो। उहाँले मुलुक अझै अस्थिरतामा रहेको उल्लेख गर्दै शक्तिशाली राष्ट्रहरूले नेपाललाई अगाडि बढ्न नदिन विभिन्न गतिविधि गरिरहेको आरोप लगाउनुभयो। विषम परिस्थितिमा देशको हित र संविधानको रक्षाका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो।
आजको भेलाले ३७ सदस्यीय नगर समिति चयन गरेको छ। जसको संयोजकमा फणेश्वर गौतम र सह–संयोजकमा लक्ष्मी ढकाल चयन हुनुभएको छ।
कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय नेताहरू यादवबहादुर रायमाझी, अशोककुमार शाही, राजेन्द्र विकलगायतले पार्टीका समसामयिक विषयमा धारणा राख्दै नवगठित समितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।
त्यसैगरी केन्द्रीय परिषद् सदस्य लेखनाथ पोखरेल, नेकपा लुम्बिनी प्रदेश समिति सदस्य कमलराज भट्टराई, लेखनाथ पोखरेल, हुमबहादुर राना मगर, कार्यदल समिति सदस्य मथुरा ढकाललगायतले पनि आ–आफ्ना धारणा राख्नुभएको थियो।
पार्टी कार्यालयको सभाहलमा सम्पन्न कार्यक्रमको सञ्चालन फणेश्वर गौतमले गर्नुभएको हो।


प्रकाशित : २०८२ पुष २७ गते १०:२५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology