दोहामा लुम्बिनी प्रदेश समन्वय परिषद्को दोस्रो बृहत् रक्तदान कार्यक्रम सम्पन्न

प्रवीण तिमल्सिना
प्रकाशित : २०८२ माघ ७ गते १०:५७

दोहा, कतार — लुम्बिनी प्रदेश समन्वय परिषद्, कतार तथा मातहतका जिल्ला संस्थाहरूको आयोजनामा दोस्रो बृहत् रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। परिषद् स्थापनाको आठौँ वार्षिकोत्सवको अवसरमा नेपाली रक्तदाता संघ, कतारसँगको समन्वयमा आयोजना गरिएको उक्त कार्यक्रममा ३१ जनाले रक्तदान गरेका छन्।
शुक्रबार बिहान ८ बजेदेखि सुरु भएको रक्तदान कार्यक्रम मध्यान्हसम्म सञ्चालन भएको थियो। प्रवासमा रगतको अभावका कारण कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको लुम्बिनी प्रदेश समन्वय परिषद्, कतारका अध्यक्ष साजन लौडारीले जानकारी दिनुभयो।
कार्यक्रममा रक्तदान गर्ने सम्पूर्ण रक्तदाताहरूलाई सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो। साथै, रक्तदानजस्तो पुण्य र मानवीय कार्यमा उल्लेख्य सहभागिता जनाउनु हुने रक्तदाताहरू तथा उपस्थित सबैलाई आयोजक संस्थाले हार्दिक धन्यवाद ज्ञापन गरेको छ।
उक्त कार्यक्रममा कतारमा स्थापित विभिन्न नेपाली संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो भने सयौँ नेपालीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


प्रकाशित : २०८२ माघ ७ गते १०:५७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology