पूर्वखोलामा राष्ट्रपति रनिङ शिल्डको उपाधि उद्धबुद्ध माविले जित्यो

प्रवीण तिमल्सिना
प्रकाशित : २०८२ माघ २६ गते २०:५६

पाल्पा । पूर्वखोलामा जारी छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ को उपाधि उद्धबुद्ध माध्यमिक विद्यालय ले जित्न सफल भएको छ। यससँगै उद्धबुद्ध माविले लगातार छैटौँ पटक राष्ट्रपति रनिङ शिल्डको उपाधि हात पार्दै खेलकुद क्षेत्रमा आफ्नो उत्कृष्टता पुनः एकपटक प्रमाणित गरेको छ।
प्रतियोगितामा उद्धबुद्ध माविले उत्कृष्ट प्रदर्शन गर्दै १३ स्वर्ण, ७ रजत र ५ कास्य पदक हात पार्न सफल भएको हो। विद्यार्थी खेलाडीहरूको मेहनत, अनुशासन र समर्पणका कारण यो उल्लेखनीय सफलता हासिल भएको विद्यालयले जनाएको छ।
उपाधि जिताउन महत्वपूर्ण भूमिका खेल्ने उद्धबुद्ध माध्यमिक विद्यालयका खेलशिक्षक निर्मल न्यौपाने सहित पदक जित्न सफल सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई विद्यालय परिवारले हार्दिक बधाई तथा धन्यवाद व्यक्त गरेको छ।
विजयी खेलाडीहरूलाई पूर्वखोला गाउँपालिका अध्यक्ष नुनबहादुर थापा, उपाध्यक्ष भागिरथी भट्टराई, प्रमुख प्रशासकीय अधिकृत राजु नेपाल लगायतका अतिथिहरूले मेडल तथा पुरस्कार वितरण गर्नुभएको थियो।
लगातारको सफलताले उद्धबुद्ध माविले पूर्वखोलामा खेलकुदको क्षेत्रमा आफ्नो पहिचान अझ सशक्त बनाएको छ।


प्रकाशित : २०८२ माघ २६ गते २०:५६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology