भव्य रूपमा सम्पन्न ९औँ अधिवेशनबाट विकास गैरे अध्यक्षमा निर्वाचित

प्रवीण तिमल्सिना
प्रकाशित : २०८२ फागुन २ गते १०:०१

दोहा, कतार । पाल्पाली सेवा समाज दोहा–कतारको ९औँ अधिवेशन १३ फेब्रुअरी २०२६ शुक्रबार प्लाजामलस्थित लालीगुराँस नेपाली रेस्टुरेन्टमा भव्य रूपमा सम्पन्न भएको छ। समाजका अध्यक्ष बिश्वनाथ भट्टराईको अध्यक्षता तथा Non-Resident Nepali Association (NRNA NCC QATAR) का अध्यक्ष कृष्ण पन्थीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।
अधिवेशनबाट सन् २०२६–२०२८ कार्यकालका लागि विकास गैरे (बिक्की) अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। त्यसैगरी वरिष्ठ उपाध्यक्षमा गणेश बस्याल, प्रथम उपाध्यक्षमा प्रविण तिमिल्सिना, द्वितीय उपाध्यक्षमा नारायण बस्याल, तृतीय उपाध्यक्षमा विष्णु नेपाली तथा महिला उपाध्यक्षमा धनाकुमारी श्रेष्ठ निर्वाचित हुनुभएको छ।
महासचिवमा हिरालाल बस्याल, उपमहासचिवमा ईश्वर काफ्ले र कमल भुसाल, सचिवमा विवेक गैरे, कोषाध्यक्षमा ऋषिराम श्रेष्ठ तथा सह–कोषाध्यक्षमा नारायण सोमै मगर चयन हुनुभएको छ।
सदस्यहरूमा देवका बस्याल, सुरेश वि.सी., राजकुमार पाण्डे, बोमबहादुर डेंगा मगर, सरस्वती मल्ल, सरस्वती थापा, सुकमाया थापा, अमृता बुढाथोकी, धनबहादुर, नारायण घिमिरे, चण्डी बस्याल, काशीनारायण श्रेष्ठ र कमल श्रेष्ठ सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ।
निर्वाचन समितिका संयोजक तथा समाजका संरक्षक लिलाम चिदी मगरले नव–निर्वाचित पदाधिकारीहरूलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको थियो। निर्वाचन समितिका उपसंयोजक महल छेत्री तथा सदस्यहरू रमेश मगर र ढकेश्वोर भण्डारीको सक्रिय भूमिकामा अधिवेशन सफलतापूर्वक सम्पन्न भएको थियो।
प्रमुख अतिथि कृष्ण पन्थीले पाल्पालाई उदाहरणीय जिल्ला भएको उल्लेख गर्दै “पाल्पा सेकेन्ड दार्जिलिङ” नेपाल को ताजमहल रामिमहल पाल्पा भनेर चिनिने गरेको बताउनुभयो। उहाँले विदेशमा रहेर पनि पाल्पालीहरू एकताबद्ध भई सामाजिक कार्यमा सक्रिय रहनु प्रशंसनीय रहेको धारणा व्यक्त गर्नुभयो।
नव–निर्वाचित अध्यक्ष विकास गैरे पूर्वखोला गाउँपालिका–५, बिरकोट निवासी हुनुहुन्छ। उहाँले समाजको गरिमा, एकता र सेवाभावलाई अझ सुदृढ बनाउँदै आगामी दिनमा थप रचनात्मक तथा समाजमुखी कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
अधिवेशन भव्य, सभ्य तथा उत्साहजनक वातावरणमा सम्पन्न भएको समाजले जनाएको छ।


प्रकाशित : २०८२ फागुन २ गते १०:०१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology