पाल्पा–१ मा कुशल अर्यालको “गाउँ केन्द्रित विकास” अभियान चर्चामा

www.kandaranews.com
प्रकाशित : २०८२ फागुन १४ गते २२:१८

पाल्पा – प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा पाल्पा–१ क्षेत्रमा स्वतन्त्र उम्मेदवार कुशल अर्याल युवामाझ तथा ग्रामीण भेगमा विशेष चर्चामा देखिएका छन्। लामो समयदेखि स्थानीय स्तरमै सक्रिय रहँदै आएका अर्यालले यसपटक आफ्नो चुनावी अभियानलाई “गाउँ केन्द्रित विकास” नारासहित अघि बढाएका छन्।
अर्यालका अनुसार, गाउँमै रोजगारी सिर्जना नगरेसम्म समृद्धि सम्भव छैन। उनले कृषिलाई बजारसँग प्रत्यक्ष जोड्ने, डिजिटल माध्यममार्फत उत्पादनको बजारीकरण गर्ने तथा स्थानीय उत्पादनको ब्रान्डिङ्ग गर्ने योजना सार्वजनिक गरेका छन्। यसै क्रममा उनले ग्रामीण विकास, पूर्वाधार सुधार, स्वास्थ्य र शिक्षा सुधार, पर्यटन प्रवर्द्धन तथा युवालाई गाउँमै अवसर प्रदान गर्ने विषयलाई विशेष प्राथमिकता दिएका छन्।
प्रमुख एजेन्डा र प्रतिबद्धता
सुशासन र पारदर्शिता – भ्रष्टाचारप्रति शून्य सहनशीलता, पारदर्शी बजेट प्रणाली, र निर्णय प्रक्रियामा पूर्ण जवाफदेहिता।
कृषि र पर्यटन प्रवर्द्धन – पाल्पा–१ को आर्थिक मेरुदण्डका रूपमा कृषि र पर्यटनलाई विकास गरेर ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने।
रोजगारी र उद्यमशीलता – युवालाई गाउँमै व्यवसायिक र सीप आधारित अवसर प्रदान, वैदेशिक पलायन रोक्ने विशेष कार्यक्रम सञ्चालन।
पूर्वाधार विकास – कच्ची सडकलाई पक्की बनाउने, खानेपानी र सिँचाइलाई पहिलो प्राथमिकता दिने।
स्वास्थ्य र शिक्षा सुधार – गाउँमै एम्बुलेन्स सेवा सुनिश्चितता, डिजिटल शिक्षा विस्तार, विद्यालय र स्वास्थ्य केन्द्रको आधुनिकीकरण।
धार्मिक, ऐतिहासिक र प्राकृतिक पर्यटन प्रवर्द्धन – पाल्पा–१ लाई सांस्कृतिक र पर्यटकीय हबको रूपमा विकास।
स्थानीय उत्पादनको ब्रान्डिङ्ग – उत्पादन र बजारीकरणमार्फत कृषक र साना व्यवसायीलाई आर्थिक लाभ।
दलभन्दा जनता पहिलो – विकास योजनामा राजनीतिक भेदभाव नराख्ने।
कालीगण्डकी करिडोरलाई ‘लिनियर सिटी’ अवधारणामा विकास – आधुनिक पूर्वाधार र सहर विकासको नयाँ मोडेल।
किसानलाई शतप्रतिशत अनुदान – कर प्रणाली व्यवस्थित गर्दै कृषकको आय सुनिश्चित।
विद्यार्थीलाई कमाउँदै पढ्ने व्यवस्था – इन्टर्नशिप, तालिम तथा रोजगारमुखी शिक्षा प्रदान गर्ने उनले बताए साथै वन्यजन्तु संरक्षण – ग्रामीण क्षेत्रमा देखिएको बाँदर लगायत वन्यजन्तुको समस्या समाधान गर्न राष्ट्रिय वन्यजन्तु आरक्षमा सुरक्षित व्यवस्थापन गर्ने ।
अर्यालले आफ्नो अभियानमार्फत ग्रामीण भेगमा स्थायी विकास, पारदर्शिता र दीर्घकालीन योजनाको महत्व उजागर गरेका छन्। उनका समर्थकहरूका अनुसार, यसपटक पाल्पा–१ का मतदाताले विकास, सुशासन र युवामुखी योजनालाई प्राथमिकता दिने जानकारी दिए।


प्रकाशित : २०८२ फागुन १४ गते २२:१८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology