रामपुरमा वैशाख १ देखि श्रीमद्भगवद् गीता ज्ञान महायज्ञ हुने

रमा भण्डारी रामपुर, पाल्पा
प्रकाशित : २०८२ चैत २९ गते १७:५०

 चैत २८ पाल्पा – ब्रमकुमारी ईश्वरीय विश्व विद्यालय रामपुर शाखाले आगामी २०८३ वैशाख १ गतेदेखि ५ गतेसम्म श्रीमद्भगवद् गीता ज्ञान महायज्ञ, वैज्ञानिक एवं व्यवहारिक प्रवचन कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम रामपुरस्थित ओम शान्ति भवन मा सञ्चालन हुनेछ।
महायज्ञमा भागवत वाचिका राजयोगिनी ब्रह्माकुमारी अमृत दिदी मुख्य वक्ताका रूपमा रहने जनाइएको छ। चैत २८ गते आयोजित पत्रकार भेटघाट कार्यक्रममा ब्रमकुमार शिशिर रेग्मी ले जानकारी दिँदै वैशाख १ गते बिहान ९:३० बजे कलश यात्रा, दिउँसो औपचारिक उद्घाटन तथा वैज्ञानिक प्रवचन कार्यक्रम हुने बताउनुभयो।
वैशाख २ गतेदेखि ५ गतेसम्म दैनिक बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म प्रवचन कार्यक्रम सञ्चालन गरिनेछ। आयोजकका अनुसार महायज्ञ कुनै आर्थिक सहयोग संकलन वा आम्दानीका लागि नभई धार्मिक, आध्यात्मिक तथा सामाजिक चेतना फैलाउने उद्देश्यले आयोजना गरिएको हो।
कार्यक्रममा श्रीमद्भगवद् गीताको महत्त्व र महिमाबारे प्रवचन, प्रसादी वितरण तथा मानव जीवनमा रहेको चिन्ता, तनाव, दुःख र भयबाट मुक्त भई खुशी, सुख, शान्ति, आनन्द र विश्व शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्य राखिएको बताइएको छ।
पत्रकार भेटघाट कार्यक्रममा विद्यालयका पदाधिकारी तथा पत्रकारहरूको सहभागिता रहेको थियो।


प्रकाशित : २०८२ चैत २९ गते १७:५०


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology