बिकाश गैरे/दोहा कतार
लुम्बिनी प्रदेश समन्वय परिषद कतारको तेश्रो अधिबेशन हुनेभएको छ । “हामी परदेशी को चाहान समृद्ध प्रदेश हाम्रो कामना” भन्ने मुल नाराकासाथ २०१८ साल मा स्थापना भैइ निरन्तर सामाजिक काम कार्यगर्दै आएको यस प्रदेश को १९ अप्रील २०२४ शुक्रबार कादिन तेश्रो अधिबेशन गर्न लागेको हो ।
 
अधिबेशनको सम्पुर्ण तैयारी पूरा भई सकेको लुम्बिनी प्रदेश समन्वय परिषद कतारका अध्यक्ष बुद्ध पाण्डेले कन्दरा न्युज डट कमलाई जानकारी दिएका छ । हामी सङ्ग कुरा गर्दै उनले भनेका छन,कतारमा स्थापित सम्पुर्ण संघसंस्थाहरुलाई पत्र पठाई सकेको र पत्र नपाएको खण्डमा यहि सुचनालाई आधार मानी कार्यक्रमा उपस्थिति भईदिनुहुन आग्रह समेत गरेका छन ।
 
अधिबेशन न्युसलाता स्थित कतार च्यारिटिको हलमा खुल्ला सत्र र बन्द सत्र गरि दुई चरणमा हुने परिषदका बरिस्ठ उपाध्यक्ष डिल्ली राम भट्टराई ले जानकारी गराएका छन ।
 
परिषद को अधिबेशन बिहान ९ बजे बाट सुरु हुने र सबै अतिथि हरुलाई समयमै उपस्थिति जनाईदिनु हुन परिषदका महासचिव टेकराज थापाले अनुरोध गरेका छन ।
    
    
    	
							
							
								 
									प्रकाशित :  २०८१ वैशाख  ४ गते १६:१७
								
							 
							
						 
					 
    
    
    
    
    							 
						
Facebook Comment