सराईमा बजारको बस्ती विकास गुरुयोजना तयारी सम्बन्धि छलफल

मायाँ बस्याल
प्रकाशित : २०७९ जेठ १७ गते २२:२२

सराईमा बजारको बस्ती विकास गुरुयोजना तयारी सम्बन्धि छलफल

माथागढी सराई बजारको बस्ती विकास गुरुयोजना तयारी सम्बन्धि छलफल कार्यक्रम माथागढी गाउँपालिका वडा नम्बर ३ कसेनीकाे वडा कार्यालयमा सम्पन्न भएको छ ।

छलफल कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले समग्र माथागढी ३ कसेनीकाे बजार क्षेत्र हेरेर नीति तथा कार्यक्रम बनाइने कुरामा जाेड दिदै बजार क्षेत्रकाे फाेहाेरमैला व्यवस्थापन ढल व्यवस्थापन , बालउद्दान , शुद्ध खानेपानी , सडक विस्तार , कृषि उपज संकलन केन्द्र , हाट बजार सञ्चालन , सामुदायिक सभाहल जस्ता याेजनालाइ अगाडि सार्नुपर्ने, बजारका घरहरु नक्सा पास गरेर बनाउनु पर्ने जस्ता याेजनालाई प्राथमिकतामा राख्नु पर्ने बताउनु भएको थियो ।

पत्रकार महासंघ अध्यक्ष रेखिराम रानाले बाटो ढलानमा मापदण्ड पूर्याउनुपर्ने जस्ता कुरालाई जाेड दिनु भएको थियो ।

समाजसेवी बिष्णु प्रसाद घिमिरेले कार्यक्रममा बाेल्दै विद्युत् तारलाई व्यवस्थापन , तटबन्ध निर्माण , कृषि पर्यटन , हाटबजार सञ्चालन , डम्पिङ साइड निर्माण , प्राविधिक तालिम लिएकालाई व्यवस्थापन , जेष्ठ नागरिक मेलमिलाप केन्द्र स्थापना, पकेट क्षेत्र कार्यक्रम सञ्चालन जस्ता याेजना सञ्चालन गर्नुपर्ने कुरामा जाेड दिनुभएको थियो ।

जगत बहादुर थापा, विरबिक्रम सुनार , राजन बलाल ,पदम बहादुर घर्ती मगर ,खाेम बहादुर गाहा ,विमल घर्ती मगर , युवराज चिदी , तारा बहादुर सारु , लाेकेन्द्र थापा , विजया कुमारी भट्टराई लगाएतले याेजनामा समेट्नु पर्ने कार्यक्रमकाे खाका बताउनु भएको थियो ।
समर्गमा सराई बजारको बजारीकरण लाई प्राथमिकतामा राखेर टाेल बस्ती विस्तार सहितको समुदायको मागमा अाधारित याेजना तथा कार्यक्रम निर्माण हुने जानकारी शहरी विकास तथा भवन कार्यक्रम प्रमुख हरिभक्त श्रेष्ठ ले जानकारी गराउनु भएको छ ।
कार्यक्रमका वडा अध्यक्ष नै अध्यक्ष हुनेगरी ७ सदस्यीय याेजना सहयोग समिति निर्माण भएको छ ।
कार्यक्रम कार्यलय सहायक सुकुमाया दर्जीकाे सञ्चालन वडा अध्यक्ष तेज बहादुर घर्ती मगरकाे अध्यक्षतामा भएको हो ।


प्रकाशित : २०७९ जेठ १७ गते २२:२२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology