उद्बुद्ध कलेको १५ औं साधारण सभा सम्पन्न ।।

कन्दरा न्युज प्रतिनिधि
प्रकाशित : २०७८ कार्तिक २६ गते १८:५४

उद्बुद्ध कलेज पूर्वखोलाको १५ औं साधारण सभा पूर्वखोला उद्बुद्ध कलेज सभाहलमा सम्पन्न भएको छ । कलेजको अध्यक्ष नारायण प्रसाद आचार्यको अध्यक्षतामा बसेको साधारण सभा कलेजले १३ जनालाई सम्मान गरेको छ । पूर्वखोला गाउँपालिका अध्यक्ष नुन बहादुर थापाको प्रमुख अथित्यतामा भएको कार्यक्रममा अध्यक्ष थापाले साधारण सभाको उद्घाटन पानसमा बत्ती बालेर गर्नु भएको थियो । उद्घाटन गर्दै अध्यक्ष थापाले पालिकाको एक मात्र गौरबको रुपमा उद्बुद्ध कलेज रहेकाले यस क्षेत्रको शैक्षिक क्षेत्रको विकासमा यस कलेजले टेवा पुर्यायको बताउनु भयो । कार्यक्रममा पूर्वखोला गाउँपालिका उपाध्यक्ष भागरथी भट्टराई , पूर्वखोला गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत ज्ञानु प्रसाद पनेरु , जिल्ला संम्वन्य समितिका सद्स्य इश्वरी न्यौपाने , निलकण्ठ न्यौपाने नेकपा एमाले पूर्वखोला अध्यक्ष जीवन आचार्य , उद्बुद्ध कलेज स्वबियु सभापती नवीन आचर्य , श्रीराज आचार्य विद्यार्थीहरुको तर्फ बाट कमल बस्याल लगाएतले १५ औं साधारण सभाको अबसरमा यस संथाको उत्तर उत्तर प्रगतिको कामना सहित शुभकाना मन्तव्य राख्नु भएको थियो । कलेज प्रमुख सुशील न्यौपानेले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम शिव लाल अधिकारीको स्वागत तथा प्रद्यापक हरी प्रसाद न्यौपानेको संचालनमा भएको थियो ।


प्रकाशित : २०७८ कार्तिक २६ गते १८:५४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology