ट्याक्टर दुर्घटनामा एकको मृत्यु तीन घाइते

Kandara News
प्रकाशित : २०७७ मंसिर १० गते १२:३९

पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु,तिन जना घाइते। पाल्पा,१०-मंसिर। पाल्पामा गए राति ट्याक्टर दुर्घटना हुँदा १ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३ जना घाइते भएका छन। रैनादेवि छहरा गाउँपालिका वडा न-६ चहलासिमलस्थित भित्री कच्ची सडक खण्ड दमारबाट माईटोलतर्फ जाँदै गरेको लु ३ त ७१५६ नम्वरको ट्याक्टर अनियन्त्रित भइ सडकदेखि करिब १० मिटर तल खस्दा १ जनाको घटनास्थलमै सोही गाउँपालिका–६ का १९ वर्षीय ट्याक्टर सहचालक रमन भट्टराईको ज्यान गएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डिएसपी मदन गिरीले दिएको जानकारी अनुसार घाइते हुनेहरुमा सोही स्थानका १६ वर्षीया रक्षा केसी, १५ वर्षीया सविक्षा केसी र १४ वर्षीय विकास रायमाझी रहेको उनीहरुलाई थप उपचारका लागि बुटवल पठाइएको छ।


प्रकाशित : २०७७ मंसिर १० गते १२:३९

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology