पुस, २१
पाल्पा जिल्लाको माथागढी गाउँपालिकामा रहेको जिल्लाकै अग्लाे स्थान काैडेलेक काे अान्तरिक तथा वाह्य पर्यटन प्रबर्द्धन गर्नका लागि माथागढीका युवाले अाफ्ना कदम अगाडि बढाएका छन् ।
स्थानीय युवा नेत्र सारु भन्छन् अब हामी अाेलेसका युवा संगठित भएर अाेलेसकाे कृषि , अान्तरिक तथा वाह्य पर्यटन अागमनलाई सहज बाताबरण हाेमस्टे संञ्चालन कला संस्कृति जग्रेना गर्ने र गाउँको विकास तथा गाउँको मुहार फेर्ने साथै विदेशीएका युवालाई स्वराेजगार तुल्याउन विभिन्न कदम चालिएको बताउनु भयो । युवा हरुको यस काममा स्थानीय सरकारले पनि महत्त्व दिएको छ सराई युवा क्लवले पनि धेरै साथ दिएको छ त्यसका लागि विशेष धन्यवाद दिनु चाहान्छु सारुले बताउनु भयो । साथै गत वर्ष स्थानीय सरकारले बजेट विनीयाेजन गरि चितवन हाेमस्टे हेर्न पनि गएका थियौ त्यसको प्रभावले अहिले गाउँमा हाेमस्टे सञ्चालन गरेका छाैं अाउने पर्यटनलाई खाने बस्ने व्यवस्था समेत गरिएको छ । भन्दै स्थानीय स्तरमा किवि खेति पनि सुरुवात गरे संगै धेरै पर्यटन अाउने जाने क्रम बढेको छ दिनमै सयौं सङ्ख्यामा मानिसहरु अाउनु हुन्छ अहिले हामीले हाेमस्टे पनि सञ्चालन गरेका छाैं त्यसले पनि गाउँमा अार्थिक पाटाेमा सुधार भएको सारुले बताउनु भयो ।
समाजसेक सेवा गर्ने विक्रम राना , वडा अध्यक्ष दिपक थापा , सराई युवा क्लब अध्यक्ष खाेम ब गाहा , स्थानिय युवा गन बहादुर चिदी थापाले संयुक्त रुपमा स्थानीय सालैजाे लाेक भाका रेकर्डिङ तथा जगेर्ना गर्नका लागि १७ हजार रुपैयाँ सहयोग स्वरुप नेत्र सारुलाई हस्तान्तरण समेत गर्नु भएको छ ।
हस्तान्तरणमा अाफ्नाे भनाइ राख्दै वडा अध्यक्ष दिपक थापाले कलासंस्कृति संरक्षण तथा प्रबर्द्धनका लागि पूर्ण रुपमा सहयोग गर्ने स्थानीय सरकार बाट पनि सहयोगका लागि चाल्नु पर्ने कदम चालिनै रहेको बताउदै वर्तमान अवस्थामा पनि वडाकै विकासउन्मुख कार्यक्रममा पनि अरु ठाउँमा भन्दा बढी यस अाेलेस टाेललाई संबाेधन गरिएको जानकारी समेत गराउनु भएको छ । यस ठाउँका सबै मान्यजन व्यक्तितब तथा युवाहरू एकजुट भएर अगाडि बढेमा धेरै छिटो परिवर्तन हुनेमा अाफु विश्वस्त रहेको कुरालाई जाेड दिनु भएको थियो । थापाका अनुसार अाफ्नाे वडामा रहेको यस पर्यटकीय स्थानकाे प्रबर्द्धनका लागि अाफु सधै प्रतिबद्ध समेत रहेको बताउनु भयो ।
हस्तान्तरण कै अवसरमा युवा क्लब अध्यक्ष खाेम बहादुर गाहाले अाफ्नाे ठाउँमा रहेको कलासंस्कृतिले भरिएको स्थानलाई अाफुहरुले पहिलाे प्राथमिकतामा राखेको साथै युवाहरूलाई अाफुले सहयोग गर्नपर्ने स्थानमा पूर्णरूपमा गर्ने प्रतिबद्धता जनाउनु भएको छ । साथै युवाहरूको सकारात्मक साेचकाे सपाेटमा अाफु सधैं साथमा रहेको समेत बताउनु भयो ।
प्रकाशित : २०७७ पुष २१ गते १९:४२
Facebook Comment