भारतीय पेन्सनरहरु जीवित प्रमाणपत्र पेश गर्न पोखरा जानुपर्ने,८० वर्ष कटेका र अशक्तहरु पोखरा जानू नपर्ने ।

कन्दरा न्युज प्रतिनिधि
प्रकाशित : २०७८ वैशाख १ गते २२:३१

पाल्पा, बैशाख १
दिर्घ बिरामी,अशक्त र ८० वर्ष कटेका भारतीय पेन्सनरहरु पोखरा जानु नपर्ने भएको छ । कोरोना संक्रमणको जोखिमले गर्दा यस अघि जिल्ला शैनिक बोर्ड चिलाङ्गदी पाल्पामै बुझाउँन पाइने जिवित प्रमाणपत्र यस वर्ष पोखरा पुगेर बुझाउनु पर्ने भएको हो । तर प्यारालाइसिस जस्ता दिर्घबिरामी अपाङ्गता भएका तथा ८० वर्ष कटेका पेन्सनरहरुले यही बैशाख २ गते विहिवार बिहान ९ बजे देखि जिल्ला शैनिक बोर्ड चिलाङ्गदी पाल्पामै जिवित प्रमाणको डकुमेन्ट बुझाउन पाउने सैनिक बोर्ड पाल्पाका प्रमुख डिएसपी जुद्ध बहादुर गुरुङ्गले जानकारी दिनुभयो । दिर्घ बिरामी,अशक्त र ८० वर्ष कटेका बाहेकका सबै भारतीय पेन्सनरहरुले भने आगामी ३० अप्रिल अर्थात बैशाख १७ गते सम्म पोखराको भारतीय पेन्सन क्याम्पमा पुगेर फारम बुझाउनै पर्ने गुरुङ्गको भनाई छ । भारत सरकारबाट पेन्सन लिनेहरुले हरेक बर्ष अनिवार्य रुपमा आफू जिवित रहेको प्रमाण पेश गर्न जिवित प्रमाणको फारम भर्नुपर्छ ।फारम भरेर नबुझाए पेन्सन तथा अन्य सेवा सुविधा रोकिने जनाइएको छ । हरेक बर्ष बिभिन्न जिल्लामा घुम्ती शिबिर बनाएरै जिवित प्रमाणको फारम बुझाउने कार्यक्रम संचालन हुने भएपनि यस बर्ष कोरोना संक्रमणको जोखिमले कार्यक्रम बन्द गरिएको हो । केही वर्ष अघि सम्म बिभिन्न जिल्लामा शिबिर संचालन गरेरै हरेक ६ ÷ ६ महिनामा पेन्सन बितरण गर्दे आएको भारत सरकारले अहिले भने बैंक मार्फत बितरण गर्दै आएको छ ।

Flash Nepal.Comबाट साभार ।


प्रकाशित : २०७८ वैशाख १ गते २२:३१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology