पूर्वखोलाको देवीनगरमा प्रदेश सरकारको कृषि सामाग्री सहयोग ।।

भुवन सिंजाली
प्रकाशित : २०७८ वैशाख २० गते ८:३६

पूर्वखाेला गाउपालिका वडा नम्बर ४ देविनगरमा ठुलो मात्रामा कृर्षि अाैजार वितरण गरेको छ।

लुम्बिनी प्रदेशको एक गाउँ एक उत्पादन कार्यक्रम अन्तरगत पूर्वखाेला गाउपालिकाले तरकारी खेति कार्यक्रम प्राप्त गरेको थियो ।उक्त तरकारी खेति कार्यक्रम देविनगर वडालाई दिएको पुर्वखाेला कृषि शाखाका प्रमुख सन्तोष कडेलले बतनउनु भयो । तरकारी खेति कार्यक्रमकाे लागि लुम्बिनी प्रदेशले १७ लाख बजेट व्यवस्थापन गरेको थियो । प्रदेशकाे ५० प्रतिशत अनुदानमा २६ वटा मिनि टेलर , ११ वटा प्लास्टिक पाेखरि , ४१ वटा थाेपा सिचाइ , ४६ वटा प्लास्टिक टनेल , ८६ वटा गार्डेन पाइप,७२ वटा हजारि ,२६ वटा मल्चिङ प्लास्टिक ,१५ वटा स्प्रे पम्प ,२० mm काे पाइप ६ हजार २ सय मिटर २५ mm काे पाइप ४५० मिटर ४० mm काे पाइप ३० मिटर ५० mm काे पाइप ६० मिटर, ३०० वटा नर्सरी प्लास्टिक बीउ विजन वितरण गरेको हाे।कृषि सामाग्री वितरण कार्यक्रमका प्रमुख अतिथि पूर्वखाेला गाउपालिकाका अध्यक्ष नुन बा थापाले कृषि क्षेत्रमा अाधुनिक करण गर्दै धेरै भन्दा धेरै उत्पादन गरि अार्थिक वृद्धिदर बढाउनु पर्नेमा जाेड दिदै कुनै समस्या परेमा गाउपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । देविनगर वडाका अध्यक्ष रिम प्रसाद श्रेष्ठले कृषि सामाग्रीकाे सहि तरिकाले प्रयोग गरि व्यवसायीक रुपमा लाग्नु पर्ने बताउनु भयो ।कार्यक्रम देविनगर महिला कृषि सहकारी सस्था लिमिटेडका अध्यक्ष चुनि सरा थापाको अध्यक्षतामा सम्पन्न भएको हाे ।


प्रकाशित : २०७८ वैशाख २० गते ८:३६

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology