खुल्ने भयाे पाल्पा मा विद्यालयहरू कुन पालिकामा कहिले बाट खुल्छ त ।

Kandara News
प्रकाशित : २०७८ भदौ २५ गते २२:१२

पाल्पा,भदौ २५   पाल्पा जिल्ला प्रशासन कार्यालय ले पाल्पा जिल्ला भरी लकडाउनकाे अन्त्य साथै विद्यालय संचालन  स्थानिय तहलाइ जिम्मा दिए संगै विद्यालय हरू संचालन आउने भएकाे छ ।

रम्भा गाउँपालिकाले यही आइतबार देखि विद्यालय संचालन गर्ने भएको छ । गाउँपालिको शिक्षा समिति तथा प्रधानाध्यापक हरूकाे  बैठकले स्वास्थ्य मापदण्ड पालना गर्दै २७ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेकाे शिक्षा शाखा प्रमुख मिनादेवि आचार्य ले जानकारी गराउनु भयाे  ।

यस्तै  बगनासकाली गाउँपालिकाले स्वास्थ्यका मापडण्ड पालना गरि आइतबार देखि नै बिद्यालय संचालन गर्ने योजना रहेकाे पालिका अध्यक्ष कृष्ण बस्यालले जानकारी दिनुभयो ।

रैनादेबी छहरा गाउँपालिकाले स्वास्थ्यका नियम पालना गर्दै आगामी सोमबारबाट बिद्यालय संचालन गर्ने जनाएको छ ।

माथागढी, पूर्बखोला ,रिब्दीकोट , तिनाउ गाउँपालिकाहरूले पनि छिटै बैठक बसी बिद्यालय संचालनका बिषयमा निर्णय गर्ने तयारी गरीएकाे छ ।

 


प्रकाशित : २०७८ भदौ २५ गते २२:१२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology