नेकपा एकीकृत समाजवादीको जिल्ला अध्यक्षमा खिमानन्द पाण्डे ( कमल )

Kandara News
प्रकाशित : २०७८ भदौ २६ गते १८:५८

पाल्पा ।
नेकपा एकीकृत समाजवादीको जिल्ला अध्यक्षमा खिमानन्द पाण्डे (कमल) चयन हुनुभएको छ । नेकपा एकीकृत समाजवादी (एस)ले शनिबार विस्तार गरेको जिल्ला कमिटिबाट पाण्डे जिल्ला अध्यक्ष हुनुभएको हो ।

 

त्रिभुवन बहुमुखि क्याम्पस पाल्पामा भएको जिल्ला भेलाले पाण्डेको अध्यक्षतामा ७५ सदस्यी जिल्ला कमिटि विस्ता गरेको हो । नेकपा समाजवादीका केन्द्रिय सदस्य राजेन्द्र लक्ष्मी गैरेको अध्यक्षतामा भएको भेलाले जिल्ला कमिटि उपाध्यक्षमा रमा घर्ती,सचिवमा मोहन लाल गैरे,उपसचिवमा कमल सेन चयन हुनुभएको छ । जिल्ला भेलाले लेखनाथ पोखरेलको संयोजकत्वमा ७ सदस्यी सल्लाहाकार समिति समेत निर्माण गरेको छ । सल्लाहाकार समिति सदस्यहरुमा पदम प्रसाद आर्याल,चन्द्रकान्त पोखरेल,बसन्त श्रेष्ठ,विष्णु प्रसाद खनाल,कर्ण बहादुर सुनार र पिताम्बर कँडेल रहनुभएको छ ।

 

जिल्ला कमिटिको पहिलो बैठकले ७५ सदस्यी जिल्ला कमिटिलाई विस्तार गरेर १ सय २५ सदस्य बनाउने निर्णय समेत गरेको पार्टी सचिव मोहनलाल गैरेले बताउनुभयो । जिल्ला कमिट विस्तार कार्यक्रमको प्रमुख अथिति नेकपा समाजवादीका केन्द्रिय नेता सोमप्रसाद पाण्डे रहनुभएको थियो ।


प्रकाशित : २०७८ भदौ २६ गते १८:५८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology