पाल्पा असोज -१३
पूर्वखोला २ जल्पाको माथिल्लो भेग ढोलिमारा, मैदान र माथागढी ८ बहादुरपुर लगाएतका कृषकहरूले बर्खा सिजनमा काँक्रा, फर्सी प्रसस्त मात्रामा उत्पादन गरेका छन्।
उत्पादित काँक्रा बाट कृषकले सोचे अनरुपको बजार भाउ भने पाउन सकेका छैन्न प्रति केजी १५ देखि २० रुपियाँमा बिक्री वितर गरेको संकल गरेर संकलन कर्ता डोल बहादुर घर्तिले बताउनु भयो । उत्पादित काँक्रो , फर्सी बुटवलको ,हाटबजार, तानसेन,आर्यभन्जयाङ बजार हरुमा निर्यात गरिएको संकलन कर्ता तथा अगुवा कृषक डोल बा घर्तीले बताउनु भयो । बर्खा समयमा मात्र १५ सय ८३ किलो काँक्रो निर्यात गरिएको बताउनु भयो ।
तस्विरमा देखीएको काँक्रो हिउदे बारी जोत्न बारीमा रहेका घाँस , तथा काँक्रो , फर्सी का लहरा हटाउदा निकालिएको हो ।
क
प्रकाशित : २०७८ असोज १३ गते २२:१३
Facebook Comment