मानव अधिकार आयोग केन्द्रीय कार्यलय हरिहर भवन ललितपुरको टोलीले पाल्पाका विभिन्न पालिकाको अनुगमन गर्यो ।।

रमा भण्डारी
प्रकाशित : २०७८ मंसिर ७ गते १८:३४

मंसिर ७  पाल्पा

मानव अधिकार आयोग हरिहर भवन ललितपुरको एक टोलीले आज पाल्पाका विभिन्न पालिकाको अनुगमन निरिक्षण गरेको छ । टोलीले रामपुर नगर पालिका ,निस्दी गाउपालिका र रामपुरको वडा नम्वर ६ को विस्तृत जानकारी लिएको हो । मानव अधिकार आयोग केन्द्रिय कार्यलय का अधिकृत कल्पना नेपाल र दुर्गा पोखरेल सहितको टोलीलाइ रामपुर छ ले स्वागत गरेको छ । वडा नम्वर ६ का वडा अध्यक्ष हुमनाथ न्यौपाने र वडा सचिव बासुदेव ढकालले फुलमाला अविर र खादाले सम्मान गरेको हो । आयोगको टोलीलाइ वडा अध्यक्ष हुमनाथ न्यौपानेले वडाको महिला,दलित,अपाङगता भएका नागरीको र जेष्ठ नागरीको अवश्था यीनीहरुको श शक्तीकरणलागि भएका विभिन्न कार्यक्रमका बारेमा जानकरी गराउनु भएको हो ।
रामपुर नगरपालिकामा मानव अधिकार आयोग केन्द्रिय कार्यलयले नगर भित्रका महिला,बालबालिका ,जेष्ठनागरीक र अपाङगत भएका नागरीक र दलितको अवश्था नगरको आथिक वर्षका योजना ,अहिले सम्म नगरमा आएका उजुरी लगायत आगामी दिनका योजना के के छन् भन्ने विषयमा छलफल भएको थियो । परिचयबाट शुरु भएको छलफलमा रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गगालाल सुबेदिले समग्र नगरका योजना र भएको कामको बारेमा प्रष्ट पार्नु भयो । कार्यक्रममा महिला विकास साखाका साखा प्रमुख पुजा परियारले महिला साखामा आएका उजुरी र दलितहरुका विषयमा लागि जानकारी गराउनु भएको हो । अपाङता र जेष्ठ नागरीकको भत्ता पनि परिवारले हडपेका कुरा सगै घरयासी झैगडा का तथा सादसिमानाका धेरै उजुर आएको जानकारी गराउदै महिला हिसा र लैगिक हिसाका पनि उजुर आएको बताउनु भयो ।
मनव अधिकार आयोगका अधिकृत कल्पना नेपालले जेष्ठ नागरीकका समस्या र कार्ड भएर पनि पाउनु पर्ने अधिकार नपाएको विषयमा कुरा उठाउनु भएको थियो । छलफलमा प्रशासकिय अधिकृत सुबेदिले अव श शक्ति करणका काम हरु संचालनगर्न नगरपालिकाले योजना बनाएको बताउनु भएको छ ।
यसैगरी टोलीले आज निस्दी गाउपालिकाको पनि अनुगमन निरिक्षण गरेको छ । निस्दी गाउपालिकामा टोलीको आयोगका अधिकृत दुर्गापोखरेलले अनुगमनमा आउनु को उदेश्य जानकरी गराउनु भएको हो । वहाले निस्दीमा छुवा छुता,बालविवाह,अपाङगत भएकाका हरुको अवश्था दलितहरुको अवश्थाका बारेमा निस्दीको अवश्था र भोलिका दिनमा श शक्ति करणका कार्यक्रम कसरी संचालन भउको छ भन्ने विषयमा छलफल भएको हो । छलफलमा निस्दीका प्रमुख प्रशासकिय अधिकृत राजु नेपालले निस्दीमा सचेतनाको कार्यक्रम लिएर आउन मानवअधिकार आयोग लाइ अनुरोध गर्दै गाउपालिकाको बारेमा जानकारीगराउनु भएको थियो । छलफलका क्रममा महिला विकास निरिक्षक सुजता पन्थीले निस्दीमा महिला, दलित तथा अपाङगत भएका हरुको र जेष्ठ नागरीको बारेमा कुरा गदै यस आर्थिक वर्षको अव पालिकाले विभिन्न कार्यक्रम गर्न बताउनु भएको छ । छलफल कार्यक्रममा निस्दी गाउपालिकाका उपाध्यक्ष रिता कुमारी अर्यालले दलितको कुरा गर्दा कार्यक्रममा सहभागि भए पनि सहभागिता अझै हुन नसकेको बताउदै विभिन्न उजुरहरु महिलाका आए पनि धैरै जसो बहुविवाहका आउने गरेको र सादसिमानाका धेरै उजुर आउने बताउनु भयो । महिला हिसा का उजुरी आए पनि कतिपय मिलापत्र हुने र कतिपय अदालत सम्म पठाउने काम ाभएको बताउनु भयो । वहाले निस्दी भुगोलले अतिनै विकट फराकिलो भएकाले पनि यहा सचेतनाका कार्यक्रमहरु संचालन गर्नु पर्नै छ भन्नु भएको छ । वहाले अहिले सम्म आथिक स्तर उकासिने खालका काम भएको र मासुमा निस्दी गाउपालिका आत्मनिर्भर भएको जानकारी गराउनु भएको हो । मानव अधिकार आयोग हरिहर भवन ललीतपुरले गाउमा के कस्ता समस्या छ भनेर अनुगमन निरिक्षण गरेको आयोगका अधिकृत कल्पना नेपालले बताउनु भएको हो ।


प्रकाशित : २०७८ मंसिर ७ गते १८:३४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology