ग्लोबल आइएमईको वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ्ग सम्बन्धी कार्यक्रम पूर्वखोलामा सम्पन्न ।।

डिल्ली राज पंगेनी
प्रकाशित : २०७८ मंसिर १४ गते १७:१४

पूर्वखोला  / मङ्सिर १४

बढ्दो डिजिटल बैंकिङ्ग सेवाको उच्चतम प्रयोग संगै सुरक्षित र प्रभावकारी कसरी बनाउने भन्ने बारेमा सचेतना जगाउनका लागि ग्लोबल आइएमई बैंक लिमिटेडल कार्यक्रम गरेको हो । ग्लोबल आइएमई बैंक लिमिटेडले रामपुरमा वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ्ग सम्बन्धी पहिलो कार्यक्रम सम्पन्न गरेको छ । ग्लोबल आइएमई बैंक लिमिटेड कर्पोरेट कार्यालय काठमाडौं, लुम्बिनी प्रदेश कार्यालय र पूर्वखोलाशाखा कार्यालयको समन्वयमा कार्यक्रम भएको हो । कार्यक्रममा ग्लोबल आइएमई बैंक लिमिटेड कर्पोरेट कार्यालयका डिजिटल बैकिङ्ग म्यानेजर मनिन्द्रराज जोशीले बैंकले डिजिटल माध्यम बाट प्रदान गर्दै आएका सेवाहरुको बारेमा जानकारी गराउँदै त्यसको प्रयोग गर्ने तरिकाको बारेमा जानकारी गराउनु भएको थियो । उहाँले मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डेविड कार्ड, क्रेडिट कार्ड, मर्चेन्ट सेवा, वालेट सेवा, क्युआर सेवालाई कसरी सुरक्षित र प्रभावकारी बनाउन सकिन्छ भन्ने बारे जानकारी गराउनु भएको थियो । पछिल्लो समय मोवाईल मार्फत विभिन्न प्रलोभन देखाएर ठगी गर्ने गिरोहहरुले बैंकको नाम लिएर खाता नं. र ओपिटी कोड माग्ने घटनाहरु भैरहेकाले यस्ता आश्वासनको पछि नलाग्न अनुरोध गर्नु भएको छ । पूर्वखोला भएको कार्यक्रम्मा विभिन्न क्षेत्रका उद्योगी, व्यवसायी, विभिन्न पेशामा आवद्ध करीब १०० जना बैंकका ग्राहाकहरुको सहभागीता रहेको थियो । सहभागी हरुले भने विभिन्न टेक्स र जति खेर पनि हेर्न मिल्ने टेक्स तथा अडियो सामाग्री हरु सेवाग्राही हरुलाई उपलब्ध गराउन अनुरोध गरेका थिए । बैङम आउने जाने ग्राहक हरुलाई यस विषयमा बताउन सके अझ राम्रो हुने सुझाव समेत दिएका थिए । यस्ता सचेतना मुलक कार्यक्रमहरु समय समयमा सञ्चालन हुनु आवश्यक रहेको सहभागी हरुले बताउनु भयो । । ग्लोबल आइएमई बैंक लिमिटेड पूर्वखोलाक शाखाका प्रबन्धक सुमन रावतले मोबाईल बैंकिङ्गको विस्तार संगै सुरक्षित सेवाको लागि साक्षरता संस्थागत उत्तरदायित्व अन्तर्गत कार्यक्रम गरिएको बताउनुभयो । कार्यक्रममा सहभागीहरुलाई कर्पोरेट अफिसका कर्मचारी डिपि ढुङ्गेलले संचालन गर्नु भएको थियो ।आजै ग्लोबल आईएमई बैंक ताहु शाखा रहेको स्थान ताहुमा पनि कार्यक्रम गरेको थियो ।


प्रकाशित : २०७८ मंसिर १४ गते १७:१४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology