सन्चारकर्मी रुपा बस्नेत द्वारा जन्मदिनको अवसरमा गामबेशी चेपाङ्ग संरक्षण केन्द्र लाई आर्थिक तथा जिन्सी सहयोग ।

Kandara News
प्रकाशित : २०७८ पुष २६ गते १:४०

सन्चारकर्मी रुपा बस्नेतले आफ्नो जन्मदिनको अवसरमा गामबेशी चेपाङ्ग संरक्षण केन्द्र लाई आर्थिक तथा जिन्सी सहयोग गर्नु भएको छ । बिगत ५ बर्ष देखि बैदेशिक रोजगारी को शिलशिलामा युरोपको माल्टा मा रहनु भएकी बस्नेतले आफ्नो परिवार मार्फत केन्द्रलाई सहयोग प्रदान गर्नु भएको हो ।

शुभ जन्मदिनको अबसरमा खाद्यान्न सहयोग गर्नुका साथै वहाकी जपानमा रहनु भएकी दिदी कोपिला बस्नेतको ३ दिन पछि पर्न गएको शुभ जन्मदिनको अबसर पारी नगद पन्ध्र हजार वहाहरुकी आमा भद्र कुमारी बस्नेतले नगर १००० थप गरि १६,०० रुपैया केन्द्रका अध्यक्ष केपि किरण शर्मालाइ हस्तान्तरण गर्नु भएको हो ।

आज उनका बुवा रबिलाल बस्नेत ,आमा भद्र कुमारी बस्नेत र वहहरुकी छोरी सन्तु बस्नेत , नाति जीत बहादुर बस्नेत , नातिनी स्नेहा बस्नेत केन्द्र परिसरमा उपस्थित भइ नगद एबं खाद्य सामाग्री हस्तान्तरण गर्नु भएको हो । सन्चारकर्मी बस्नेतले यस अघि र नेपाल मा नै हुदा पनि पटक पटक केन्द्रलाइ सहयोग पुर्याउनु भएको केन्द्र का अध्यक्ष शर्मा ले बताएका छन ।

केन्द्रमा आज एक कार्यक्रमको आयोजना गरि ३० हजार बराबरको खाध्यान्न र १६ हजार नगद हस्तान्तरण गरिएको हो ।

साथै चेपाङ्ग संरक्षण केन्द्रले उहा र उहाको दिदी को जन्मदिनको अबसरमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै उत्तरोत्तर प्रगतिका साथै सुस्वास्थ्य एबं दिर्घायुको कामना पनि ब्यक्त गरेको छ ।


प्रकाशित : २०७८ पुष २६ गते १:४०


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology