सिलुवामा समाजसेवी ओके बाजे र पूर्ण गाहा सम्मान कार्यक्रम सम्पन्न ।

बिक्रम पंगेनी
प्रकाशित : २०७८ चैत २५ गते १७:०६

सिलुवामा समाजसेवी ओके बाजे र पूर्ण गाहा सम्मान कार्यक्रम सम्पन्न ।

२५ चैत , पूर्बखोला  सिलुवा

पुर्बखोला १ सिलुवा वडा कार्यालय वडाका विद्यालयहरु र विभिन्न क्लबहरुको संयुक्त आयोजनामा जापानीज समाजसेवी काजुमासा काकिमि (ओके बाजे) र समाजसेवी पुर्ण गाहालाई सम्मान तथा प्रशंसा पत्र बितरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथी जापानीज काजुमासा काकिमिले आफुले सहयोग गर्न पाएकोमा खुसी ब्यक्त गर्नुभयो र आफुले गरेको कामको मुल्यांकन गरेर सम्मान गरेको मा धन्यवाद ब्यक्त गर्नु भयो।

कार्यक्रमलाई समापन गर्दै कार्यक्रमका अध्यक्ष एबम पूर्बखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले ओके बाजेले गर्नुभएको सहानुभूतिपुर्ण सहयोगप्रती स्थानीय सरकारको तर्फबाट हार्दिक धन्यवाद दिदै स्थानिय सरकार चल्नको लागि उहाको निकै ठूलो भुमिका रहेको र आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा रहने बताउनु भएको छ।  कार्यक्रम गाउँपालिका अध्यक्ष नुन बहादुर थापाको अध्यक्षता बिक्रम पंगेनिको स्वागत मन्तब्य र मण्डली स्पोर्ट्स क्लबको सचिब कृष्ण पंगेनिको संचलनमा सम्पन्न भएको थियो।।


प्रकाशित : २०७८ चैत २५ गते १७:०६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology