सिलुवामा खेती प्रबिधी सम्बन्धि एकदिने तालिम सम्पन्न।

बिक्रम पंगेनी
प्रकाशित : २०७८ चैत २५ गते १७:१२

 

२५ चैत , पुर्बखोला , सिलुवा

पुर्बखोला १ सिलुवामा ब्याबसायिक कृषि उत्पादन केन्द्र अदुवा ब्लक बिकास कार्यक्रम अन्तर्गत एकदिने खेती प्रबिधी सम्बन्धि तालिम सम्पन्न भएको छ।। तालिममा प्रमुख अतिथी पुर्बखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले तालिम लिएका ब्यक्तिहरुले परम्परागत निर्बाहमुखी कृषि प्रणाली त्यागेर ब्याबसायिक कृषि र पशुपालन तर्फ लाग्न अनुरोध गर्नुभयो।

गाउँ सरकारले जनतालाइ विभिन्न उन्नत जातका बीउ प्रबिधीयुक्त मेसिनारीहरु अनुदानमा बितरण गर्दै आएको र बजारीकरणको लागि प्रदेश सरकार सँग समन्वय भएको बताउनुभयो।  कार्यक्रम श हात्तिलेक सामुदायिक बिकास बहुउद्देश्यिय सहकारी संस्था लिमिटेडको आयोजनामा कृषि ज्ञान केन्द्र पाल्पाको सहयोग भएको थियो। कार्यक्रम सहकारीका उपाध्यक्ष बुद्धिमान श्रेष्ठको अध्यक्षता, धुर्ब देबि श्रेष्ठको स्वागत मन्तब र सहकारीको ब्यबस्थापक ज्ञान बहादुर रानाको संचालनमा भएको थियो।


प्रकाशित : २०७८ चैत २५ गते १७:१२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology