समाजसुधार युवा क्लवको २५ अौं वार्षिकोत्सब सम्पन्न

माधव पाण्डे
प्रकाशित : २०७८ चैत ३० गते १०:४३

माधब पाण्डे,जल्पा
चैत २९
” स्वास्थ्यका लागि खेलकुद राष्ट्रको लागि खेलकुद” भन्ने मुल नारासहित समाजसुधार युवा क्लव,जल्पा,साकिनेको २५ अौं वार्षिकोत्सब विविध कार्यक्रम आयोजना गरि सम्पन्न भएको छ ।
युवा क्लवका अध्यक्ष अन बहादुर सारूको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अथिति लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य तुलराम घर्ती मगर “बसन्त” हुनुहुन्थ्यो ।
लुम्बिनी प्रदेश सरकार र पुर्वखोला गा.पा.को १० लाखमा निर्माणकार्य सम्पन्न भएको बघेला खेलमैदानको लुम्बिनी प्रदेशसभाका सांसद तथा ने.क.पा.(माओवादी केन्द्र),लुम्बिनी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक तुलाराम घर्ती मगर “बसन्त” ले उद्घाटन गर्नुभएको थियोे । उद्घाटन समारोहमा बोल्नुहुँदै प्रमुख अतिथी घर्तीले नयाँ बनेको खेलमैदान खेलाडी लाई निकै प्रभावकारी हुने बताउनुभयो । सरकारको काम जनतालाई सेवा सुविधा प्रदान गर्ने भएको र आफू प्रदेशसभाको एउटा सदस्य भएको हुँदा निरन्तर जनताको सेवामा लागिरहने कुरा उल्लेख गर्नुभयो । कुनै समय आफू पनि पाल्पाको पुर्वी मोर्चामा रहेर काम गरेको हुँदा यस क्षेत्रका मगर समुदायको धेरै माया लाग्ने उहाँले बताउँनुभयो ।

गत चैत २४ गतेदेखि सञ्चालित भलिबल प्रतियोगितामा ३५ टिम सहभागी थिए । जसमध्ये पुरूष भलिबल तर्फ प्रथम ताहुँ फुरूङ्दी,दोस्रो समाज सुधार युवा क्लव,साकिने र तेस्रो पुरस्कार जल्पा,साठीकोलले हात पारेको छ । महिला भलिबलतर्फ तल्लो झोकेदी प्रथम,साकिने दोस्रो र देविनगर तेस्रो हुन सफल भएका थिए । भु. पु .खेलाडीको प्रोत्साहन स्वरूप साठीकोल प्रथम पुरस्कार,देवीनगर दोस्रो र ढोलिमारा तेस्रो पुरस्कारले पुरस्कृत भएको थियोे । कार्यक्रम पत्रकार डोलराज विकले सञ्चालन गर्नुभएको थियो ।


प्रकाशित : २०७८ चैत ३० गते १०:४३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology