वीरकोटमा स्वास्थ्य सम्बन्धि एक दिने गोस्टी सम्पन्न ।

सिमा श्रेष्ठ
प्रकाशित : २०७९ वैशाख ९ गते २१:०८

कोभिड १९ पूर्ब तयारी तथा प्रतिकार्य संचालन परियोजना सम्बन्धी वडा स्तरीय परिचयात्मक तथा समन्वयात्मक कार्यशाला गोष्ठी वीरकोटमा सम्पन भएको छ । टि . एफ.आर. सि. को आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाको आयोजनामा पुर्बखोला गाउँ पालिका ५ बिरकोटको स्वास्थ्य चौकी भवनमा कार्यक्रमको भएको हो । कार्यक्रममा परिचय, यसको लक्ष्य , यसको उदेश्य, यसको अबधि, खोप नलगाउनुका कारण के के हुन सक्छ, कोभिड १९ खोप प्रति भ्रम तथा गलत धारणा के के हो , परियोजनाको गतिविधिहरु , यसमा आबद्व स्वयम सेबकहरुको काम कर्तव्य र अधिकार र सरोकारवालासँगको अपेक्षा सम्बन्धि सम्पर्ण बिषयमा छलफल भएको थियो । नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश शाखाका महासचिव कृष्ण पंगेनी , रिसर्च एण्ड टेृनिङ अफिसर सृर्जना आचार्य , जिल्ला शाखा पाल्पाका बरिष्ठ अधिकृत बाबुराम कार्की कोभिड १९ कार्यक्रम संयोजक सागर के . सी . लगायतले
सहजिकरण गर्नुभएको थियो । कर्यक्रममा पुर्बखोला गाउँ पालिकाका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले कोभिड १९ बिरूद्वको माप दण्ड सबैले लागुगर्नुपर्ने कोभिडको कारणले पाल्पा जिल्लामा कोभिडको केस बारेमा अवगत गराउदै ढकालले यसबाट वचनको लागि उत्तम उपाय नै खोप भएकोले सबैले आ आफ्नो स्थानबाट कोहिपनि नछुटोस भनी सक्दो सहयोग गर्न आग्रह गर्दै ख‍ोज र खोप भन्ने कार्यक्रममा सहयोग गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा पुर्बखोला गाउँ पालिकाका वडा सचिब पुर्ण चितौरे , सदस्य कृष्ण प्रसाद श्रेष्ठ , वडा महिला सदस्य पार्बती हिताङग वडामा रहेका माध्यमिक बिधालय र आधारभूत बिधालयका प्रधानध्यापक सामुदायिक महिला स्वास्थ्य स्वयंसेवीका, स्वास्थ्य कर्मी , अौषथी व्यापारी , संस्थाका स्वयमसेवकहरु बिच चलेको छलफल बिरकोट स्वास्थ्य प्रमुख रतना फालको स्वागत अ न मी लक्ष्मी थापाको संचालन र वडा अध्यक्ष धन बहादुर सिंजालीको अध्यक्ष्ातामा चलेको हो ।


प्रकाशित : २०७९ वैशाख ९ गते २१:०८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology