गौरीशंकर उन्नत बाख्रा पालन फर्मले खसी बाख्रा बिक्री बितरण कार्यक्रमको सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न ।।

विक्रम पंगेनी
प्रकाशित : २०७९ वैशाख १७ गते ७:२३

गौरीशंकर उन्नत बाख्रा पालन फर्मले खसी बाख्रा बिक्री बितरण कार्यक्रमको सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
बिक्रम पंगेनी १६ बैशाख २०७९
गौरीशंकर उन्नत बाख्रा पालन फर्म पुर्बखोला गाउँपालिका १ सिलुवाले खसी बाख्रा बिक्री बितरण कार्यक्रमको सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।।
नेपाल सरकार पशुपन्छि बिकास मन्त्रालय नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना सहयोग इकाइ अन्तर्गत नश्ल सुधार गरि मासुका लागि गुणस्तरिय खसी बोका उत्पादन गर्नको लागि रु ३८लाख ६२ हजार चार सय अन्ठाउन्न रुपैयाँमा ५०% अनुदान र ५०% गौरीशंकर उन्नत बाख्रा पालन फर्मको लगानिमा २०७९मङ्सिर २९ गते भित्रमा सम्पन्न हुनेगरी सम्झौता रहेको कार्यक्रममा प्रमुख अतिथी पुर्बखोला गाउँपालिका १ सिलुवाका कार्यबाहक वडा अध्यक्ष चोलाकान्ती ढकालले कृषकलाई नेपाल सरकारले प्रोत्साहन गर्दै विभिन्न अनुदान कार्यक्रम ल्याएको र युबाहरु ब्याबसायिक कृषि तथा पशुपालनमा लाग्न अनुरोध गर्दै आफ्नो वडामा यस्तो ब्याबसायिक फर्म भएकोमा आफुलाइ गर्व लागेको बताउनु भयो।। कार्यक्रममा स्थानीय संघ सस्था बाख्रा फर्म सन्चालक पत्रकार जनप्रतिनिधि लगायतको सहभागिता थियो।। कार्यक्रम फर्म संचालक तिल कुमार श्रेष्ठ को अध्यक्षता,संयोग श्रेष्ठको स्वागत मन्तव्य र पुर्बखोला १ सिलुवाको पशु शाखा प्राबिधिक हरि सिग्देलको संचालनमा सम्पन्न भएको थियो।।


प्रकाशित : २०७९ वैशाख १७ गते ७:२३

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology