पूर्वखोला गाउँपालिकाको अध्यक्षमा उम्मेदवार दिने थापा को हुन् ?

डिल्ली राज पंगेनी
प्रकाशित : २०७९ वैशाख २० गते १९:०३

पूर्वखोला गाउँपालिकाको अध्यक्षमा उमेद्धार दिने थापा को हुन् ?
पूर्वखोला गाउँपालिका ५ वीरकोट साविक वीरकोट गाउँविकास समितिको स्याफटमा वि.स. २०२६ असार १२ गते बुबा भिम बहादुर थापा र आमा केम कुमारी थापाको २ सन्तानमा कान्छो छोराको रुपमा नुन बहादुर थापाको जन्म भएको हो ।
सानै उमेर देखि नेतृत्व लिनुहुने नुन बहादुर थापा विद्यार्थी जीवनमा सफलता हासिल गर्नु भएका थियो । शिक्षामा एम.एड. गर्नु भएका थापा कक्षा ७ सम्म गणपति माध्यमिक विद्यालयमा, कक्षा ८, ९ र एस.एल.सि सम्म उद्धबुद्ध माध्यमिक विद्यालयमा अध्ययन गर्नु भएको थियो । उच्च तहको शिक्षा त्रिभुवन बहुमुखि क्याम्पस र स्नाकोत्तर तानसेन बहुमुखि क्याम्पस मार्फत् गर्नु भएको हो ।
सानै देखि नेतृत्व भुमिका लिनु हुने थापा वि.स. २०३६ सालमा अनेरास्ववियु को साधारण सदस्य लिनु भएको थियो । वि.स. २०४४ देखि वि.स. २०४६ सम्म त्रिभुवन बहुमखि क्यापसमा संकाय तफको सदस्य भएर काम गर्नु भएका थापा वि.स २०५३ मा नेकपा एमालेको विरकोट गाउँकमिटिको सचिबमा रहेर काम गर्नु भएको थियो । वि.स. २०५४ सालमा नेकपा एमालेको ईलाका कमिटिको सदस्य हुदै उप सचिवको रुपमा काम गर्नु भएको थियो । वि.स. २०५९ देखि हाल सम्म जिल्ला कमिटि सदस्य रहनु भएको छ । हाल जिल्ला कमिटि सचिवालय सदस्य तथा नेकपा एकाले पूर्वखोला गाउँपालिकाको ईन्चार्जको रुपमा काम गर्न भएको छ ।
नुन बहादुर थापाले वि.स. २०५१ सालमा ४ बर्ष जन सेवा यूवा समुहमा रहेर काम गर्नु भएका थापा वि.स. २०५४ साल देखि वि.स २०५९ सम्म वीरकोट गाविसको अध्यक्षमा निर्वाचित भै काम गर्नु भएको थियो । पटक पटक गरी १७ बर्ष शिक्षण पेशमा आवद्ध थापा गणपति माध्यमिक विद्यालय वीरकोट र मनकामना प्रा.वि वीरकोटमा अध्यापन कार्य गर्नु भएको थियो । थापा २०७४ सालको स्थानिय तहको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टि एमालेको तर्फ बाट उम्मेदवारी दिई करिब ८० प्रतिशत बहुमत प्राप्त गरि पूर्वखोला गाउँपालिकाको अध्यक्षमा निर्वाचित बन्नु भएको थियो ।
स्थानिय तह वि.स. २०७४को निर्वाचन पश्चात् पूर्वखोलामा विद्यालय शिक्षामा एकरुपता ल्याउन संथागत विद्यालय र सामुदायिक विद्याालय संमायोजन, शुन्य होम डेलीभरी, १५ शैयाको अस्पताल स्थापना , हुमिन रिङ्नेरह मोटर बाटो स्तर उन्नती र पक्किको सुरुवात , १ घर १ धारा काम करीब ६५ प्रतिशत काम सम्मन्न भएको । पालिकाको प्रमख प्रशांसकिय भवन निर्माण सरुवात, हेक्लाङ् स्वास्थ्य चौकि निर्माण, ४ वटा स्वास्थ्य इकाई स्थापना साथै सडक, कृषी, पर्यटन, स्वास्थ्य, शिक्षा लगाएतको काममा अग्रणी भुमिकारहेर थापाले काम गर्नु भएको थियो ।
नुन बहादुर थापा २०७९ को सालको स्थानिय तहको निर्वाचनमा पूर्वखोला गाउँपालिकाको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टि एमालेको तर्फ बाट उम्मेदवारी दिनुभएका थापाले शैक्षिक सुधार गर्दै शैक्षिक उपलब्धी हासिल सहित गर्दै लैजाने बताउनु भयो । थापाले पालिका भरीको मोटरबाटो स्तर उन्नती र पक्कि गर्दै लैजाने, १ घर १ धारा पूरा गर्ने, टुकिरहित गाउँपालिका, शुसासन प्रत्याभुत गाउने, सरसफाई युत्त गाउँ बनाउने, कृषि तथा पशुपालनलाई विकास गर्दै कृषि उपजलाई संकलन केन्द्र स्थापना गरि व्यवसायिकरणलाई प्रोत्साहन गर्ने, बालमैन्त्रि गाउँपालिका निर्माणमा जोड दिदै शिक्षा, स्वास्थ, खानेपानि, पर्यटक, कृषी, उद्योगको विकासमा टेवा पूर्याउने गरी काम गर्ने बताउनु भयो ।


प्रकाशित : २०७९ वैशाख २० गते १९:०३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology