जन प्रगतिशील मञ्च कतारले मनायो १३३औ मजदुर दिवस

बिकाश गैरे
प्रकाशित : २०७९ वैशाख २४ गते १२:३४

 

दोहा कतार –

सनैया प्लाजा मल स्थीत ह्वाइट हाउसमा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि एनआरएन ए आईसीसी सद्स्य तथा मञ्चका सल्लाहकार कुमार खड्का रहेका थिए ।

खड्काले बिगतमा आफुले कमाएको पैसा समेत नेपाल पठाउन नसक्ने अवस्था नभएका मजदूरहरु आज डिजिटल माध्यमबाट पैसा पठाउन सक्ने भएका छन यो एउटा मजदूरको आन्दोलन र प्रबिधिको बिकास सँगै हाम्रो क्रान्तिकारी बिचारबाट भएको उपलब्धि हो भन्दै उनले हिजो युरोप र अमेरिकामा ८ घण्टा डिउटी, ८ घण्टा घुमघाम र बाकि रहेको ८ घण्टा आरामको लागि आनदोलन भएको थियो । त्यसको असरले आज बिश्व भरिका सबै मजदूरहरुलाइ लाभ लिन सफल भएका छौ भन्दै प्रमुख अतिथी खड्काले मजदुरहरुलाई सबै श्रमजिबिहरुलाई संगठित हुन आग्रह गरे ।

मञ्च अध्यक्ष बुद्धि प्रसाद भण्डारीले कार्यक्रमको औचित्य बारे जानकारी गराएका थिए भने अतिथीहरु सरिता भण्डारी पौडेल, सन्तोश क्षेत्री, सेवक घताने , अमित गौतम, कबिन्द्र कंडेल लगाएतले १३३औ अन्तराष्ट्रिय मजदुर दिवसको शुभकामना दिएका थिए ।

मञ्च का अध्यक्ष बुद्धि प्रसाद भण्डारीको अध्यक्षता मा संचालन भएको उक्त कार्यक्रममा सम्पुर्ण कार्य समितिका सदस्य तथा सल्लाहकार लगायत कतारमा कार्यरत अन्य मजदुरको समेत बाक्लो उपस्थिति रहेको थियो ।

मञ्चका अध्यक्ष भण्डारीका अनुसार यो दिवस मैं को १ तारिक भए पनि ईस्लामिक धर्मावलम्बीको महान पर्व इद परेका कारण आज सबै को छुट्टी भएका कारण पनि आजैका (मे ६) दिन यो दिवस मनाईएको हो ।

कार्यक्रम मा बोल्दै भण्डारीले भने चेन अफ कमान्डको निर्देशनलाई पालना गर्दै आसन्न बैशाख ३० गतेको हुन गहिरहेको स्थानिय चुनावमा सबैजनाले पार्टीलाइ सघाउन अनुरोध गर्दै कार्यक्रमको समापन गरेका थिए ।

उक्त कार्यक्रमको संचालन मञ्चका सचिव दिपक भट्टराईले संचालन गरेका थिए भने मञ्चका उपाध्यक्ष मोहम्मद सद्दाम हुसेनले स्वागत मन्तव्य राखेका थिए ।


प्रकाशित : २०७९ वैशाख २४ गते १२:३४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology