पूर्वखोला गाउँपालिका वडा न ३ मा रिङ्नेरहमा नेकपा एमालेको प्यानलनै विजय ।

डिल्ली राज पंगेनी
प्रकाशित : २०७९ जेठ १ गते ३:१०

पूर्वखोला गाउँपालिका वडा न ३ मा रिङ्नेरहमा नेकपा एमालेको प्यानलनै विजय ।
स्थानिय तह निर्वाचन यही ३० गते सम्मन्न भएको थियो पूर्वखोलामा ३० गते राती १ बजे देखि नै पूर्वखोला गाउँपालिका १ सिलुवाको मत गणना सुरु गरेको थियो । यस अघि पूर्वखोलामा सिलुवा र जल्पा वडामा नेकपा एमालेले प्यान सहित विजय हासिल गरेको थियो । रिङ्नेरहमा जम्मा १२३५ मत खसेको थियो । जसमा वडा अध्यक्षमा नेकपा एमाले बाट उम्मेदवार दिनु भएका कृष्ण प्रसाद भट्टराई ९सय ९६मत ल्याई बिजय बन्नु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उमान सिं सुनारीले १सय ५८ मत प्राप्त गर्नु भएको छ । त्यस्तै जनमोर्चा बाट वडा अध्यक्षमा उठ्नु भएका पूर्ण बहादुर फालले ४२ भोट ल्याउनु भएको छ । त्यस्तै वडासद्स्यमा नेकपा एमालेकै गणेश बहादुर काम्मु , बासुदेव न्यौपाने , देवी सरा गाहा , रवी सरा नेपालीले विजय हासिल गर्नु भएको छ । पालिका सिलुवा र जल्पाको रिङ्नेरको मत गणना अध्यक्षमा नेकपा एमाले बाट उम्मेदवारी दिनु भएका नुन बहादुर थापाले ३हजार २ सय ८० मत र गठबन्धन को तर्फ एसका मीन प्रसाद गीरीले ७सय ५८ र मंगोलका मोहोन सिं सारुले १२६ मत र जसपाका विपिन सारुले ११८ मत प्राप्त गर्नु भएको छ । पालिका उपाध्यक्षमा भने नेकपा एमाले बाट उम्मेदवारी दिनु भएको भागरथी भट्टराईले ३ हजार १ सय ९६ मत ल्याउनु भएको छ भने गठबन्धन बाट चुनाब लड्नु भएका नेपाली काँग्रेस पालिका कमिटी सभापती विष्णु माया आचार्यले १ हजार २ सय ४४मत प्राप्त गर्नु भएको छ । पूर्ण बदर मत हाल सम्म वडा न १ सिलुवा बाट ३८ वडा न २ मा १९ वडा न ३ मा १३ गरि हाल सम्म पूर्ण बदर ७० मत रहेको छ ।


प्रकाशित : २०७९ जेठ १ गते ३:१०


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology