तिनाउ मा अध्यक्षमा एमाले र उपाध्यक्षमा काँग्रेसको उम्मेदवार विजयी

Kandara News
प्रकाशित : २०७९ जेठ २ गते ९:३९

पाल्पा, पाल्पाको तिनाउ गाउँपालिका अध्यक्षमा नेकपा एमालेका प्रेम श्रेष्ठ र उपाध्यक्षमा नेपाली कांग्रेस बाट लाल बहादुर थापा विजयी हुनु भएको छ । राती सम्पन्न मतगणना अनुसार नव निर्वाचित अध्यक्ष श्रेष्ठ ५ हजार ९० मत ल्याएर अध्यक्षमा विजयी हुनु भएको हो ।

उहाँको निकटतम प्रतिद्वन्द्वी गठबन्धन बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार राजेश श्रेष्ठले ४ हजार ४ सय ६६ मत प्राप्त गर्नु भयो । उपाध्यक्षमा भने गठबन्धनका उम्मेदवार थापा विजयी हुनु भएको हो । उहाँले ५ हजार ८२ मत प्राप्त गर्नु भएके थियो भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी सावित्रा गुरुङ रानाले ४ हजार ४ सय ६५ मत प्राप्त गर्नुभयो । तिनाउमा १० हजार ३ सय १६ मत खसेको थियो ।

२०७४ सालको निर्वाचनमा तिनाउ गाउँपालिकामा नेकपा एमालेले अध्यक्ष र उपाध्यक्ष दुवै जितेको थियो । तिनाउ गाउँपालिकाको वडाध्यक्षमा १ मा भुवानसिंह चिदी, २ बाट यादव अर्याल, ३ बाट चित्र बहादुर थापा, ४ बाट तुलबहादुर आले, ५ बाट इन्द्रा चिदी र ६ बाट टोमबहादुर पुन विजयी भएका छन् । ३ का थापा र ६ का पुन कांग्रेस बाट विजयी भएका हुन् भने अन्य वडाका सबै एमालेबाट निर्वाचित भएका हुन् ।


प्रकाशित : २०७९ जेठ २ गते ९:३९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology