उद्योग बाणिज्य सघ रामपुर पाल्पाले गर्याे नव निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान ।।

रमा भण्डारी
प्रकाशित : २०७९ जेठ १८ गते १७:२९

रामपुर उद्योग बाणिज्य सघ रामपुर पाल्पाले गत बैसाख ३० गते भएकाे स्थानियतह निर्वाचनमा निर्वाचित जन प्रतिनिधि हरुलाई सम्मान र ईलाका प्रहरी कार्यलयमा आउनु भएका प्रहरी नायव उपरिक्षक हेम बहादुर केशिलाई स्वागत गरेकाे छ ।सस्थाका अध्यक्ष भाेजेन्द्र प्रकाश ढकालकाे अध्यक्षतामा भएकाे कार्यक्रमका मुख्य पाहुना नव निर्वाचित नगर प्रमुख रमण बहादुर थापा रहनु भएकाे हाे ।कार्यक्रममा नगर प्रमुख थापाले बाेल्दै समाज रुपान्तरण मा सबैकाे महत्वपुर्ण भुमिका भएकाे हुदा सबैकाे साथ र सहयाेग अावश्यक रहेकाे बताउनु भएकाे छ ।जब उद्योगी व्यापारी हरु बलियाे हुन्छन तब अार्थिक समृद्वि हुन्छ भन्नू भयाे ।वहाले कार्यक्रममा जनतालाई चित्त बुझ्ने गरि जनताकै सल्लाह सुझावलाई अगाडि वढ्ने बताउनु भएकाे छ । कार्यक्रममा वहाले नगर र उद्योग बाणिज्य सघकाे सम्बन्ध नङ र मासुकाे जस्ताे हुनु पर्छ भन्दै सबैलाइ करकाे दायरामा ल्याएर जनताले प्रत्यक्ष फाईदा हुने खालका कार्यक्रम सन्चालन गर्नु पर्ने बताउनु भयाे
कार्यक्रममा सबै जन प्रतिनिधि र प्रहरी नायव उपरिक्षकलाई फुलमाला अबिरले सस्थाका उपाध्यक्ष तथा पधाधिकारीहरुले सम्मान तथा स्वागत गरेकाे हाे ।
कार्यक्रममा सस्थाका सल्लाहकार देवराज ढकाललेले कुनपनि सस्था नभएकाेबेला उद्योगी व्यापारीकाे हकहितका लागि काम गरेकाे भन्दै शुभकामना दिनु भएकाे छ ।कार्यक्रममा रामपुरमा नया आउनु भएका प्रहरी नायव उपरिक्षक हेम बहादुर केशिले स्थानिय नागरीककाे सल्लाह शुझाब सुचनाका आधारमा काम गर्ने भन्दै शिङ्गाे रामपुरकाे शान्ति शुरक्षाकाे अनुभूति हुने र जनताकाे हितमा काम गर्ने प्रतिबद्वता समेत गर्नु भएकाे छ ।
कार्यक्रममा सस्थाका सल्लाहकार हरु राजु प्रसाद श्रेष्ठ,नेत्र प्रसाद भट्टराई ,विष्णुप्रसाद रेग्मी,फणेश्वर गाैतम, हुमनाथ न्याैपाने हजिल दिन मिया वडा नम्बर १ का वडा अध्यक्ष कपिल बहादुर खाणलगायतले बाेल्दै अब उद्योग हरु सन्चालन हुदा युवाहरुले राेजगारी पाउनि खालका हुनु पर्छ भन्दै सुनाैलाे रामपुर बनाउन सबै मिलेर जानू पर्ने बताउनु भयाे ।
सस्थाका उद्योग उपाध्यक्ष रुद्र नारायण श्रेष्ठकाे स्वागत बाट शुरु भएकाे कार्यक्रममा धन्यबाद बाणिज्य उपाध्यक्ष विष्णु बहादुर सारुले गर्नु भएकाे हाे ।कार्यक्रम हाेटल श्रीनगरकाे सभाहलमा सम्पन्न भएकाे हाे ।


प्रकाशित : २०७९ जेठ १८ गते १७:२९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology