शिक्षक संगठन मित्यालको प्रथम अधिवेशन सम्पन्न ।।

धन बहादुर ठाडा
प्रकाशित : २०७९ जेठ २४ गते २१:४३

२४ जेठ , २०७९
पाल्पा – नेपाल राष्ट्रिय शिक्षक संगठन निस्दी – ४ , मित्यालको प्रथम अधिवेशन सम्पन्न भएको छ ।

शिक्षक संगठन निस्दीका अध्यक्ष लोक बहादुर सारुको अध्यक्षतामा बसेको शिक्षकहरुको भेलाले मोम बहादुर सोमैको अध्यक्षतामा १२ सदस्यीय कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा कान्ति सरा सारु , सचिवमा खेम बहादुर सोती , कोषाध्यक्षमा तमसरी खाम्चा र अन्यलाई सदस्यमा छनौट गरेको छ ।

नवगठित कमिटीलाई मित्यालका वडा अध्यक्ष सन्तवीर सुनारी , नेकपा एमाले निस्दी गाउँ कमिटीका अध्यक्ष नर बहादुर सुनारी , नेपाल राष्ट्रिय शिक्षक संगठन पाल्पाका सदस्य पदम बहादुर थापा लगायतले सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ । भेलाको सञ्चालन शिक्षक संगठन निस्दीका सचिव केश बहादुर सुनारीले गर्नुभएको हो ।


प्रकाशित : २०७९ जेठ २४ गते २१:४३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology