असार सुरु भएसंगै मुलबाटो भन्दा भित्र गाडी लैँजादैनन् व्यवसायीहरु,समस्या झेल्दै ग्रामीण बस्तीहरु।

डिल्ली राज पंगेनी
प्रकाशित : २०७९ असार ३० गते २०:१७

असार सुरु भएसंगै मुलबाटो भन्दा भित्र गाडी लैँजादैनन् व्यवसायीहरु,समस्या झेल्दै ग्रामीण बस्तीहरु।
पाल्पा,पुर्वखोला
असार ३०,
पुर्वी पाल्पाका रामपुर , मित्याल, अर्चले , रिङ्नेरह , सिलुवा , जल्पा , वीरकोट , हेक्लाङ लगायतका विभिन्न ग्रामीण बस्तीहरुबाट सदरमुकाम तानसेन,बुटवल लगायतका गन्तव्यहरुसम्म सवारीसाधन छुट्ने गरेपनि वर्षायाम शुरु भएसंगै ती ग्रामीण सडकहरुमा गाडी गुड्न बन्द हुन्छ । सवारीसाधन ठप्प भएपछि ती क्षेत्रको जनजीवन कष्टकर बनेको छ ।
हिउँदमा बस,जीप लगायतका यात्रुबाहक सवारीसाधन चलेपनि असार लागेसंगै परेको झरिले अधिकांश सडकहरु भत्किने,पुरिने तथा खोला खाल्सामा बाटो बिग्रिने लगायतका समस्याका कारण सवारी आवागमन प्रभावित बनेको हो । पाल्पामा श्रीनगर यातायात व्यवसायी समिती प्रा.लि. र पश्चिमाञ्चल बस व्यवसायी समिती प्रा.लि.ले यात्रुबाहक सार्वजनिक सवारी साधन हरु संचालन गर्दै आएका छन।
पूर्वखोलामा तामाखानी – अल्किचौर – अर्खलडाँडा – स्याफट देउराली , अर्चले-जामकोट -पाङ्जुङ – पड्केभञ्ज्याङ – सिलुवा , मोचाबारी – वीरकोट , महकाल – जल्पा – देवीनगर , खोरेदी – खुमडाँडा शेर्काबास लगायतका सवारी साधन चल्ने भित्री मुल बाटोहरु हुन । यी बाटोहरुमा दैनिक नियमित सवारी साधन चल्ने गरेता पनि असार सुरु हुने बित्तिकै गाडी चालक तथा गाडीधनीहरु सवारीसाधन झार्न मान्दैन्न । ” नम्बर थाप्न जाँदा पानी पर्ने निश्चित नै हुँदैन । पानी परेर पहिरो गयो भने गाडी थुनिन्छ । पहिरो सफा गर्न हप्तौं लाग्न सक्छ । चिप्लो बाटोमा गाडी फसेर सास्ती हुन्छ ।” एक गाडी चालकले बताए । वर्षा मौसम सुरु हुना साथ मोटरबाटोमा छिट्ट फुट्ट पहिरो जादाँ सवारी चल्ने अन्तिम गन्तव्य सम्म पुग्न नपाउँदा यात्रुहरु भने घण्टौं हिडेर सार्वजनिक सवारी साधन चल्ने स्थानमा पुग्नु पर्ने बाध्यता रहन्छ । सवारी साधन गाउँसम्म नपुग्दा खासगरी बिरामी र अशक्तहरुका लागि निकै ठुलो समस्या निम्त्याउने गरेको छ ।
पूर्वखोला गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले अब गाउँपालिकाले मुख्य मुख्य ग्रामीण सडकहरु बाह्रै महिना नै सवारी साधन सञ्चालन हुने गरि योजना बनाउन लागेको बताउनुभयो । अध्यक्ष थापाले गाउँपालिका भित्रका सबै बस्तीहरुमा ट्रयाक खोल्ने कार्य करिब सम्पन्न भईसकेकोले अब अत्यावश्यक र अौचित्यपुर्ण अवस्थामा बाहेक नयाँ ट्र्याक नबनाउने बरु खोलिसकेका बाटोहरुलाई स्तरउन्नती गर्ने विषयमा प्राथमिकता राखेर काम हुने बताउनुहुँदै आगामी पाँच वर्षभित्र मुख्य ग्रामीण सडकहरु ढल व्यवस्थापन सहित ग्राभेल हुने उल्लेख गर्नुभयो । थापाले अबरुद्ध भएको सडकका सम्बन्धमा जानकारी गराए पालिकाले तुरुन्त सुचारु गर्ने समेत बताउनु भयो ।


प्रकाशित : २०७९ असार ३० गते २०:१७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology