एक हप्ता हुदा समेत खुलेन आर्य – रामपुर सडक

डिल्ली राज पंगेनी
प्रकाशित : २०७९ साउन २० गते १९:३४

पाल्पा ,श्रावण २०
आर्यभञ्जाङ रामपुर सडक खण्ड अन्तरगतको स्याफतको राम्चे भिरमा गएको पहिरो अझै हट्न सकेको छैन । एक साता अघि परेको पानीले पहिरो गै सडक अबरुद्ध भएसंगै दैनिक आवाजजावत गर्न असहज भएको बताउनु हुन्छ स्थानिय गणेश श्रेष्ठ । सडकमा माथिबाट ठुला ठुला ढुङ्गा सहितको पहिरो निरन्तर गैरेको छ ।

जब्दादी – तान्सेन सचालनहुने बसका चालक अमृत सारु मगर बाटो अबरुद्ध भएपछी बस हरु संचालनमा हुन नसकेको भताउनु भयो । हप्तादिन बाट गाडी संचालन गर्न नसकेको सारुले बताउनुभयो । कन्दरा न्युज संग टेलीफोन सम्पर्कमा सडक विभाग तानसेनका सब इन्जिनियर विनोद तिवारीले बाटो खुल्न डोजर लगाएर सुरुवात भएता पनि माथिबाट पहिरो निरन्तर झरिरहेकाले पहिरो हटाउन समस्या भैरहेको बताउनुहुन्छ । तिवारिले बाटो खुल्न अझै केही दिन लाग्ने बताउनु भयो । यात्रुलाई भने नियमित गाडी नहुदा कसरी जाने भन्ने नै मुख्य समस्या रहेको बताउछन् ।

स्याफट देउराली – रोङ्ढेङ्ग खलुकभञ्जाङ बाईवास भएर साना गाडिहरु जाने गरेता पनि सागुरो बाटो र बर्खाका कारण साना यातायातका साधान संचालन हुन समेत मुस्किल हुने गरेको छ ।


प्रकाशित : २०७९ साउन २० गते १९:३४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology