लुम्बिनी प्रदेश मै उत्कृष्टअन्धकारमुक्ति बचत तथा ऋण सहकारी

रमा भण्डारी
प्रकाशित : २०७९ साउन ३१ गते १८:०१

साउन ३१
रामपुर पाल्पा

अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था यस वर्ष लुम्बिनी प्रदेश मै उत्कृष्ट बचत तथा ऋण सहकारी बनेको छ । २०५५ सालमा स्थापना भई सहकारीले हाल पाल्पा जिल्लाभर आफ्नो सञ्जाल विस्तार गर्न सफल भएको छ ।
नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघले आफ्नो ३५ औं स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेशका बचत तथा ऋण सहकारी मध्ये अन्धकारमुक्तिलाई उत्कृष्ट पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
१० हजार बढी शेयर सदस्य आवद्ध रहेको सहकारीको कुल पुँजी १ अर्व ३२ करोड रहेको छ । बचत तथा ऋणको कारेवार गर्दै आएको सहकारीले लघुवित्त सेवा प्रदान गर्दै आएको छ । रामपुर नगरपालिका ७ डुम्री गाउँमा प्रधान कार्यालय रहेको सहकारीले हाल जिल्लाका विभिन्न ठाउमा शाखा खोलेर सहज सेवा प्रदान गरेको संस्थाका व्यवस्थापक दिपेन्द्र पौडेलले जानकारी दिनुभयो । पुरस्कार भने नेफ्स्कुनले आगामी साधारण सभामा प्रदान गर्ने छ । सहकारी गत वर्ष पनि लघुवित्त तर्फ उत्कृष्ट भएको थियो ।
साथै सहकारीले प्रधान कार्यालय बाट वर्षको ३ सय ६५ दिन नै सेवा प्रदान गर्दै आईरहेको सस्थाका अध्यक्ष सागर प्रसाद देवकोटाले बताउनुभयो ।


प्रकाशित : २०७९ साउन ३१ गते १८:०१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology