गोरखालीले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा पाल्पामा भगवती जात्रा मनाइएको छ ।

जनक राज भट्टराई
प्रकाशित : २०७९ भदौ ४ गते २१:१७

गोरखालीले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा पाल्पामा आज शनिबार वीरताको प्रतिकको रुपमा सिन्दुर जात्रा गरी भगवती जात्रा मनाइएको छ ।

पाल्पाली प्रशासकको रुपमा रहेका कर्णेल उजिर सिंह थापाको नेतृत्वमा नेपालले वि.सं. १८७१/१८७२ मा बुटवलको जीतगढीमा अंग्रेजसँंग भएको युद्धमा विजय हासिल गर्न पाउ यहि सम्झना मा प्रत्येक बर्ष भगवती को रथ यात्रा गर्ने छु भनी बाचा गरि युद्ध मा जित हासिल गरेको सम्झनामा वि.सं. १८७७ देखि प्रत्येक वर्ष पाल्पामा विजय उत्सव मनाउन थालिएको हो ।

सोही जितको सम्झनामा श्रीकृष्ण जन्माष्टमीमा रातभर जाग्राम बसि भजन किर्तन गरि राति १२ बजे बली दिएर भगवतीको रथ उचालेर पुजापाठ समेत गरिन्छ । भगवती रथलाई सिन्दूर, अबिर र केशरीसहित अन्य वैदिक पुजापाठ गर्दै सहर परिक्रमा गराइन्छ । यो विजय उत्सव प्रत्येक वर्ष भाद्र कृष्ण नवमीको दिन मनाइन्छ । यो ऐतिहासिक रथ यात्रा यो वर्ष २०४ औ रथ यात्रा हो । यो जात्रालाई पश्चिम क्षेत्रकै ऐतिहासिक जात्राको रुपमा लिने गरिन्छ ।

जात्रामा गुल्मी, अर्घाखाँची, स्याङ्जा, पर्वत, कास्की, रुपन्देही, काठमाडौं लगायतका जिल्लाबाट श्रद्धालु भक्तजनहरु पाल्पा पुग्ने गर्छन् ।


प्रकाशित : २०७९ भदौ ४ गते २१:१७

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology