नेकपा एसले पाल्पा क्षेत्र न २ बाट प्रतिनिधीसभामा सोमप्रसाद पाण्डेलाई सिफारीस गर्यो ।।

Kandara News
प्रकाशित : २०७९ भदौ १३ गते २२:२८

पाल्पा क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्य उम्मेदवारको रुपमा सोमप्रसाद पाण्डेलाई नेकपा एकीकृत समाजवादी पाल्पाले सर्वसम्मत रुपमा सिफारिस गरेको छ। मंसिर ४ गते हुने निर्वाचनका लागि जिल्ला कमिटी सचिवालय बैठकले पाण्डेलाई सर्वसम्मतरुपमा उम्मेदवारको सिफारिस गरेको हाे ।

पाण्डे एकीकृत समाजवादीका पोलिटिव्युरो सदस्य एवं लुम्बिनी प्रदेश अध्यक्ष छन्। पाण्डेले २०५१, २०५६, २०७० र २०७४ को आम निर्वाचनमा पाल्पा क्षेत्र नं २ मा एमालेबाट विजयी भएका थिए। २०६४ को संविधानसभा सदस्यमा उनी माओवादी उम्मेदवारसँग पराजित भएका थिए। उनी पाल्पा क्षेत्र-२ मा सत्ता गठबन्धनको तर्फबाट पनि बलियो दावेदार हुन्। यसद्यपि गठबन्धनको तर्फबाट भने उनी साझा उम्मेदवार बनिसकेका छैनन्।

पाल्पा २ मा नेपाली कांग्रेसले पनि दाबेदारी गर्दै आएको छ। जिल्ला कमिटीका नेताहरुले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर उक्त क्षेत्रको दाबेदारी पेस गरिसकेका छन्। त्यस्तै बैठकले समानुपातिकतर्फ केन्द्रीय सदस्य यादवबहादुर रायमाझी खस आर्य र महिलामा लक्ष्मीदेवी पाठकलाई सिफारिस गरेको छ। प्रदेशतर्फ भने महिला अल्प संख्यकमा रमा घर्तीमगर, दलितमा बल बहादुर सुनार र सर्वजित विश्वकर्मालाई सिफारिस गरेको छ।

त्यसैगरी प्रदेशसभातर्फ प्रत्यक्षमा क्षेत्र नं १ क मा विनोद श्रेष्ठ, क्षेत्र नं १ ख मा पदम अर्याल, क्षेत्र नं २ क मा खिमानन्द पाण्डे कमल, क्षेत्र नं २ ख मा झलक रायमाझीलाई उम्मेदवार सिफारिस गरेको छ। पाटीले आफ्नोतर्फ बाट उम्मेदवार सिफारिस गरे पनि ५ दलीय गठबन्धनको सहमतिअनुसार अगाडि बढ्ने निर्यण बैठकले गरेको प्रचार विभाग प्रमुख पदम गैरेले जानकारी दिनु भयो ।


प्रकाशित : २०७९ भदौ १३ गते २२:२८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology