निस्दीको अर्चलेमा वडा स्तरीय सार्वजनिक सुनुवाइ सम्पन्न ।

होम राई मगर
प्रकाशित : २०७९ असोज २ गते १९:२६

निस्दीको अर्चलेमा वडा स्तरीय सार्वजनिक सुनुवाइ सम्पन्न

पाल्पा / २ असोज । निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चले,पाल्पामा वडा स्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।

वडा नम्बर-६,अर्चले वडाका वडाध्यक्ष मेख बहादुर सुनारीको अध्यक्षतामा सन्चालन भएको कार्यक्रम वडा कार्यालयले आयोजना गरेको हो । वडा सचिब मिन बहादुर रानाले गत आर्थिक वर्षमा सन्चालन र सम्पन्न गरेका योजना तथा कार्यक्रमबारे जानकारी दिनुभएको थियो । कार्यक्रममा सामुदायिक विद्धुतीकरणमा देखिएका समस्याहरु,स्वास्थ्य चौकीमा औषधि नपाएका,विद्यार्थीहरुको सिकाई उपलब्धि संतोषजनक नभएको बारे सहभागीले जिज्ञासा राखेका थिए । कार्यक्रममा वडाध्यक्ष सुनारी,स्वास्थ्य चौकी इन्चार्ज विद्यानन्द राय,गोरखनाथ माध्यमिक विद्यालय अर्चलेका प्रधानाध्यापक इश्वरी प्रसाद अर्याल,वडा सदस्य कृष्ण बहादुर सोमै लगायतकाले उठेका जिज्ञासाहरु बारे बोल्नुभएको थियो । कार्यक्रममा नेकपा एमाले अर्चलेका अध्यक्ष महेन्द्र बयम्बु,कृष्ण बहादुर सुनारी,टोप बहादुर सिंजाली,तिलकसिं खण्डलु,पानकुमारी बयम्बु लगायतकाले जिज्ञासा राख्नुभएको थियो ।

अर्चले स्वास्थ्य चौकीको सभा हलमा सन्चालन भएको कार्यक्रमको सहजीकरण होम राई मगरले गर्नुभएको हो । स्मरण रहोस् निस्दी गाउँपालिका पाल्पाले आगामी असोज ५ गते बुधबारका दिन पालिका स्तरीय सार्वजनिक कार्यक्रम सन्चालन गर्दैछ ।


प्रकाशित : २०७९ असोज २ गते १९:२६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology