पुर्बखाेला खेलकुद समिति द्वारा खेलकुद सामाग्री बितरण ।

Kandara News
प्रकाशित : २०७९ असोज २२ गते १७:३५

पुर्बखाेला खेलकुद समिति द्वारा खेलकुद सामाग्री बितरण ।

पाल्पा पूर्वखोला /
पुर्बखाेला गाउँपालिकाले अार्थिक बर्ष २०७८/७९ मा खरिद गरियकाे खेलकुद सामाग्री नेपाली हरुकाे माहान चाड बडा दशै काे अवसर पारेर गाउँपालिका का ६ वटै वडामा बितरण गरेको छ । पूर्वखोला गाउँपालिका अध्यक्ष नुन थापा को विषेश उपस्थितिमा खेलकुद सामाग्री वितरण गरेको हो । दसै मा प्राय घर छाडेर बाहिर रहनुभयका घरमा फर्कने सङ्गै खेल सङ्ग रमाउने भयकाले पनि खेल सामाग्री बितरण याे बडादशै काे अवसरमा गरियकाे गाउँपालिका अध्यक्ष नुन थापाले बताउनु भयाे। सङ्गै उहाले यस खेलकुद समितिले दाेस्राे अध्यक्ष कप सन्चालन गरिसकेकाे र खेलाडिलाई अन्यत्र भयकाे खेलमा समेत अवसर दियकाे र नवाै रास्ट्रिय खेलकुदमा भलिबल छनाैट तर्फ पुरुष महिला दुबै टिम सहभागी गरायकाे मा धन्यवाद समेत ब्यक्त गर्नुभयाे ।वितरण गरियकाे सामाग्री हरु मा भलिबल , भलिबल नेट, भलिबल एन्टिना , स्काेरबाेड, झन्डा , ब्याडमिन्टन कक, क्रिकेट ब्याट रहेकाे थियाे ।


प्रकाशित : २०७९ असोज २२ गते १७:३५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology