पाल्पा क्षेत्र न १ एमाले उम्मेदवार आचार्य र श्रेष्ठ अर्चलेको घरदैलोमा ; सारु फोक्सिङ्कोटमा

Kandara News
प्रकाशित : २०७९ कार्तिक १४ गते २१:५८

पाल्पा १४ कार्तिक
नेकपा एमाले पाल्पा क्षेत्र नं. १ का प्रतिनिधी सभा सदस्य उम्मेदवार
नारायण प्रसाद आचार्यले निस्दी गाउँपालिका कृषि तथा पशुपालनको
आधुनिकीकरणका लागि आफू लागिपर्ने बताउनुभएको छ । निस्दी गाउँपालिका वडा नं.६ अर्चलेका मतदाताहरुसँगको भेटघाट तथा अन्तरक्रियाका क्रममा एमाले उम्मेदवार आचार्यले दालचिनी, अम्रिसो तथा गेडागुडीको पकेट क्षेत्रको रुपमा अर्चले क्षेत्र लाई विकास गर्ने
बताउनुभयो । एमाले उम्मेदवार आचार्यले निस्दीमा सहज यातायात सुविधा, सूचना तथा
सञ्चारमा हरेक नागरिकको पहुँच, उज्यालो निस्दी लगायतका जनताको दैनिकीसँग जोडिएका विषयहरुलाई तत्काल सम्बोधन गर्ने बताउनुभयो । पाल्पा १ (१)का प्रदेशसभा सदस्य उम्मेदवार राजुप्रसाद श्रेष्ठले “रामपुर निस्दी हुँदै
गैडाकोट सडकको स्तरोन्नती, सबै ठाउँमा नेपाल टेलिकमको टावर सुविधा र इन्टरनेट सहजता, घरघरमा केन्द्रीय प्रसारणको बिजुली जडानको काममा आफु निरन्तर लागिपरेकोे बताउनु भयो ।
पाल्पा १(२)का प्रदेशसभा सदस्य उम्मेदवार खेम बहादुर सारुले रम्भा
गाउँपालिका–२ फोक्सिङकोटका विभिन्न टोलहरुमा पुगि मतदाताहरुसँग भेटघाट गरिरहनुभएको छ । प्रदेश सभा सदस्य सारुले फोक्सिङकोट लाई व्यसायिक बाख्रा पालन, घरेलु मदिरा ब्राण्डिङको लागी पहल गर्ने बताउनु भएको छ ।


प्रकाशित : २०७९ कार्तिक १४ गते २१:५८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology