पाल्पाली जनता सूर्यमा मत दिन आतुर छन् ः गैरे

Kandara News
प्रकाशित : २०७९ कार्तिक २० गते २०:२४

पाल्पाली जनता सूर्यमा मत दिन आतुर छन् ः गैरे
कार्तिक २०, २०७९
पाल्पा ः नेकपा एमाले पाल्पा क्षेत्र नम्बर २ का उम्मेदवार ठाकुर गैरेले पाल्पाली जनता सूर्य चिन्हमा मतदान गर्न आतुर रहेको बताएका छन् । तानसेन नगरपालिकाका अन्र्तगतको बजार क्षेत्र भगवतीटोल, बसन्तपुर र कैलाशनगरमा आइतबार भएको घरदैलो कार्यक्रममा मतदाताहरुले आफूप्रति देखाएको सद्भावले पनि आगामी निर्वाचनमा एमालेका सबै उम्मेदवारहरु बिजयी हुनेमा विश्वस्त रहेको बताए ।
‘अहिले जनताले नयाँ अनुहार खोजिरहेका छन् ।’ उनले भने ‘सूर्य चिन्हमा मतदान गरेर एमालेका उम्मेदवारहरुलाई बिजयी गराउने छन् । निर्वाचित भएपछि तानसेनको गरिमालाई अझै उचों बनाउने गरी काम गर्ने गैरेले प्रतिबद्धता जनाउनुभयो । तानसेनलाई ऐतिहासिक शहरको रुपमा स्थापित गर्ने, यहाँको खानेपानी समस्यालाई दीगो रुपमा समाधान गर्ने र उपभोक्ताका धारामा दैनिक खानेपानी उपलब्ध हुनेगरी काम गर्ने छौं । मतदाताको मागअनुसार सिद्धबाबा सडकमा सरल सहज यात्रा हुनेगरी निर्माण कार्यका लागि पहल गर्ने उनले बताए ।
क्षेत्र नं. २ (१)का प्रदेशसभा सदस्य उम्मेदवार परशुराम भट्टराईले आफू निर्वाचित भएपछि जनताको मर्म र भावनालाई कदर गरेर सेवामुखी काम गर्ने बताए । तानसेनकै मतदाताहरुसँगको भेटघाटका क्रममा भट्टराईले तानसेनको आफैमा ऐतिहासिक महत्व रहेकोले तानसेनलाई थप व्यवस्थित सहरका रुपमा विकास गर्ने योजना रहेको बताए ।
क्षेत्र नं. २ (२)का प्रदेशसभा सदस्य उम्मेदवार ओम बहादुर घर्ती मगरले मस्यामको सिस्नेखोला जन्तीलुङ अर्खले, पाटन क्षेत्रका मतदाताहरुसँग भेटघाट तथा अन्र्तक्रिया गरेका छन् । मतदाताहरुसँगै छलफलमा उनले सिंचाई, खानेपानी र सडक पूर्वाधारमा जनताले भोग्नुपरेका समस्या हटाउनका लागि पहल गर्ने बताए ।


प्रकाशित : २०७९ कार्तिक २० गते २०:२४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology