निस्दीको सहलकोटमा वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता र सांस्कृतिक मेला हुने

होम राई मगर
प्रकाशित : २०७९ कार्तिक २० गते २०:३४

निस्दीको सहलकोटमा वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता र सांस्कृतिक मेला हुने

पाल्पा / २० कार्तिक । निस्दी गाउँपालिका वडा नम्बर२,सहलकोट,पाल्पामा वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताका साथ विविध सांस्कृतिक मेला हुने भएको छ ।

आगामी कार्तिक २२ गते मंगलबार देखि सन्चालन हुने पुरुष भलिबल प्रतियोगितामा विजेता हुने समूहलाई ४५ हजार नगद, ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । यसैगरी उपविजेतालाई नगद ३० हजार रुपैयाँ सहित ट्रफी,मेडल र प्रमाणपत्र र तृतीय हुने समूहलाई १५ हजार रुपैयाँँका साथै ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक जगत थापाले बताउनुभएको छ । निस्दीको सहलकोट लिन्दीको खेल मैदानमा सन्चालन हुने प्रतियोगिताको अन्तिम दिन कार्तिक २६ गते सांस्कृतिक मेलाको आयो समेत सन्चालन गरिने कार्यक्रम संयोजक प्रेम बहाफुर बाकाबलले जानकारी दिनुभएको छ । कार्यक्रममा राष्ट्रिय लोकदोहोरी गायक बद्री पंगेनी,लोकदोहोरी गायक तथा प्रस्तोता हुम गैरे,लोकदोहोरी गायिका धनमाया दिसुवा मगर लगायतका कलाकारहरुको प्रस्तुति रहनेछन् ।

सहलकोट युवा सन्जाल निस्दी-२,सहलकोटको आयोजनामा सन्चालन हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।


प्रकाशित : २०७९ कार्तिक २० गते २०:३४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology