तिनाउँको सत्यवती क्षेत्रलाई पर्यटकिय क्षेत्र बनाउने – नेता गैरे

Kandara News
प्रकाशित : २०७९ कार्तिक २४ गते २०:१०

पाल्पा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ठाकुर गैरे तिनाउँ गाउँपालिका-४ सत्यवतीमा मतदाता भेटघाट तथा घरदैलोमा व्यस्त हुनुभयो । उहाँले सत्यवती क्षेत्र आफैमा पनि पर्यटकीय हिसावले महत्वपूणर् क्षेत्रको रुपमा रहेकोले यस क्षेत्रको प्रवर्धनका लागि आफूले पहल गर्ने बताउनुभयो । नेता गैरेसँगको भेटघाटका क्रममा मतदाताहरुले स्थानीय जाल्माघाट र गोलमन्दी घाटमा पक्की पुल बनाउनु पर्ने, यहाँको कृषि क्षेत्रको विकासका लागि खास योजना बनाउनुपर्ने लगायतका मागहरु राखेका थिए । मतदाताहरुसँगको छलफलका क्रममा नेता गैरेले जनताको भावना र आवश्यकता अनुसार आफू सधै जनताकै सेवकको रुपमा काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।
पाल्पा क्षेत्र नं. २ (२)का प्रदेशसभा सदस्यका उम्मेदवार ओम बहादुर घर्ती पनि सोही क्षेत्रका मतदाताहरुसँग भेटघाटमा रहनुभयो । उहाँले आफू यसअघि तिनाउँ गाउँपालिकाको अध्यक्षको रुपमा रही काम गरेको समयमा पनि यस क्षेत्रमा धेरै कामहरु भएको र आगामी दिनमा पनि थप कामहरु गर्ने प्रतिबद्धता जनाउनुभयो ।
क्षेत्र नं. २ (१) का प्रदेश सभा सदस्यका उम्मेदवार परशुराम भट्टराई तानसेन नगरपालिकाको वडा नं. २ र ६ का मतदाताहरुको घर घरमा घरदैलो कार्यक्रममा व्यस्त रहनुभयो ।
घरदैलो कार्यक्रममा उहाँले मतदाताहरुलाई विस्वस्त पार्दै ऐतिहासिक तानसेन शहरलाई पर्यटनको आर्कषणको रुपमा विकास गर्न, तानसेनको खानेपानीको उचित व्यवस्थापन, सडकको स्तरोन्नति साथै नगरका ग्रामीण बस्तीहरुमा कृषिको आभुनिकीकरणमा आफ्नो पहल रहने बताउनुभयो ।
घरदैलो कार्यक्रममा उम्मेदवार भट्टराईले तानसेन नगरपालिकाका जनताको आयस्तरमा बृद्धिगर्न र स्वरोजगार गराउन स्थानीयस्तरमा संञ्चालित ढाका करुवा उद्योगहरुलाई व्यवस्थित गराउन आफु प्रतिबद्ध रहेको बताउनुभयो ।


प्रकाशित : २०७९ कार्तिक २४ गते २०:१०


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology