जनशान्ती मा.वि.रामपुर को ६३ औं वार्षिकोत्सव सम्पन्न

Kandara News
प्रकाशित : २०७९ पुष १ गते २१:२३

रामपुर -९ पाल्पा
रामपुर नगरपालिका वडा नं ९ जनशान्ती माद्यामिक विद्यालयको ६३ औं बार्षिकोत्सव सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण हितान को अध्यक्षमा वडा अध्यक्ष डिल बहादुर गाहाले विद्यालयको ६३ औं बार्षिकोत्सवको अबसरमा शुभकामना सहित शैक्षिक गुणस्तर वृद्धि गर्न शिक्षक विद्यार्थी अभिभावको महत्वपूर्ण भुमिका हुने बताउदै यहि त्रिपक्षिय सम्बन्ध राम्रो बनाउन सके शैक्षिक गुणस्तर हुने बताउनु भयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ढक बहादुर सिंजालीले करिब १ करोड २३ लाख बराबरको आम्दानी खर्च प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा जनमार्ग माध्यमिक विद्यालय का प्रधानाध्यापक श्याम बहादुर दिशा , भानुभक्त मा वि का प्रधानाध्यापक आन्नद बहादुर सारु , वीरकोट गणपति माद्यामिक विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बारघरे लगाएतले विद्यालयको उत्तर उत्तर प्रगतिको कामना सहित ६३ औं बार्षिक उत्सव तथा अभिभावक दिवसको अबसरमा शुभकामना मन्तव्य राख्नु भएको थियो । विद्यालयमा विभिन्न अक्षयकोश वितरण , विभिन्न छात्रावृत्ति वितरण सहित सांस्कृतिक कार्यक्रम भएको थियो । विद्यालयका शिक्षिका शिवमायाँ तिमिल्सिना को स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन शिक्षक दुर्गा चोहानले गर्नु भएको थियो ।


प्रकाशित : २०७९ पुष १ गते २१:२३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology