पूर्ण खोप सुनिश्चितता र दिगोपना प्रवर्द्धन योजना तयारी गोष्ठी पूर्वखोलामा सम्पन्न

Kandara News
प्रकाशित : २०७९ पुष ५ गते २१:१६

पूर्ण खोप सुनिश्चितता र दिगोपना प्रवर्द्धन योजना तयारी गोष्ठी पूर्वखोलामा सम्पन्न

पूर्ण खोप सुनिश्चितता र दिगोपनाको लागि पालिकास्तरमा पूर्ण खोप कार्यक्रमको समीक्षा तथा पूर्णखोप दिगोपना र सरसफाई प्रबर्द्धनका लागि योजना तयारी गोष्ठी पूर्वखोला गाउंपालिकामा सम्पन्न भएको छ । खोपले पारेको जिवनस्तर सुधार तथा जनस्वास्थको क्षेत्रमा पालिकको गतिविधी जिल्ला भरिको अवस्थाको बारेमा छलफल तथा गोष्ठी चलेको थियो ।

स्वास्थ्य कार्यालय पाल्पा आयोजनामा भएको कार्यक्रममा पूर्वखोला गाउँपालिका अध्यक्ष नुन बहादुर थपाको पूर्वखोला पालिकले स्वास्थ्य क्षेत्रमा प्राथमिकता दिएर काम गरेको र पूर्णखोप लगायत जनताको जनस्वास्थ्यको विषयमा गाउँपालिका प्रतिबद्ध रहेको बताउनु भयो ।कार्यक्रममा पालिकाको कार्यपालिका सद्स्यहरु , स्वास्थ्य संथाका प्रमुखहरु , पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम बरिष्ट जन स्वास्थ्य प्रमुख डा. राजेन्द्र कुमार गिरीको अध्यक्षतामा स्वास्थ्य कार्यालयका कार्यक्रम अधिकृत विश्व नाथ अधिकारीको स्वागत मन्तव्य तथा पूर्वखोला गाउँपालिका स्वास्थ्य संयोजक मोहन ढकालको संचालनमा भएको हो ।


प्रकाशित : २०७९ पुष ५ गते २१:१६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology