रामपुरका गुरुङ्ग समुदायले मनाए तमु ल्होसार ।।

रमा भण्डारी
प्रकाशित : २०७९ पुष १६ गते ७:३६

पौष १६ रामपुर पाल्पा
रामपुर नगरपालिकाका वडा नम्वर ८भुजात बघिनीछापमा बसोबास गर्ने गुरुङ समुदायले पनि हिजो तमु ल्होसार पर्व मनाएका छन् । अहिले सम्म रामपुर का धेरै जसो लाइ गुरुङ बस्ती छ भन्ने समेत थाहा नभएको बति मुनिको अध्यारोमा रहेका गुरुङहरुले आफ्नो महान चाड तमु ल्होसार वर्ष मनाएका हुन् । गुरुङ समाज रामपुर नगरपालिका वडा नम्वर ८ रामपुर पाल्पाले आफ्नो भवन उद्घाटन तथा तमु ल्होसार कार्यक्रम सम्पन्न गरेको छ ।
तमु समाज रामपुर ८ का अध्यक्ष शेर बहादुर गुरुङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमका मुख्य पाहुना रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपाने रहनु भएको हो । कार्यक्रमका प्रमुख प्रशाशकिय अधिकृत न्यौपानेले तमु हरुको भवनको उद्घाटन गदै पाल्पामा गुरुङ बस्ती रामपुरमा मात्रै रहेको र अहिले सम्म पनि विछडिएर रहेको गुरुङ बस्ती सम्म जाने बाटो को समस्या ,खानेपानिको समस्या लगायतको समस्या रहेको भन्नदै आगामि दिनमा समाबेस गरेर लैजाने बताउनु भएको छ । वहाले स्थानिय सरकार जनताको घरघर भन्ने नारा सगै सबै समुदायलाइ समेटेर अगाडि बढ्ने बताउनु भएको छ । गुरुङ समाजका सचिव मन्जु गुरुङले भवन निर्माणको लागि प्रदेश न्यायकानुन महिला बालबालिका तथा जेष्ठ नागरीक मन्त्रालयबाट आएको ५ लाख बजेट बाटभवन निर्माणशुरु गरेको र हामी १० घर ले पनि पैसा उठायौ अझै बजेटले नपुगेर ऋणमा रहको बताउनु भएको छ । वहाले भवन निर्माण गर्दा पनि बाटो नभएका कारण पिठ्युमा बोकेर भवन निर्माण गरेको हामी लाइ कुनै पनि कार्यक्रमको थाहा हुदैन हामी पनि कार्यक्रममा समावेस हुन पाए केहि सिक्ने अवश्वर पाए आथिक रुपमा अगाडि बड्न सक्थौ भन्दै नगरपालिका र वडा सग अनुरोध गर्नु भएको छ ।
कार्यक्रममा रामपपुर नगरपालिकाका वडानम्वर ८ का वडा अध्यक्ष दिनेश आचार्यले अहिले थोरै रकम भए पनि विनियोजन वडाले अहिले खानेपानिको लागि २५हजारर बाटो को लागि २ लाख विनियोजन गरेको बताउदै आगामि दिनमा गुरुङ बस्ती लाइ समेटर अगाडि बढ्ने प्रतिबद्धता जनाउनु भएको छ । ,नेकपा एस का प्रदेश कमिटि सदस्य विनोद श्रेष्ठले रामपुर नगरपालिकामा बसोबास भएका गुरुङहरु घर सम्म जान गोरेटो बाट समेत अत्यन्तै दुख भएकोले स्थानिय सरकारको ध्यान पुग्नु पर्ने बताउनु भएको छ । कार्यक्रममा समाज सेवि गुरु प्रसाद रेग्मी ,नेकपा एमाले वडा कमिटि सचिव शिव अधिकारी ,पत्रकार रमा भण्डारी लगायतले बोल्दै तमुल्होसारको शुभकामना दिनुभएको हो । रामपुर ८ को गुरुङ बस्तीमै भएको कार्यक्रमको संचालन समाजसेवि शुभाष अधिकारीले गर्नु भएको हो ।


प्रकाशित : २०७९ पुष १६ गते ७:३६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology