कसेनीमा फरक क्षेमता भएका सामाजिक सुरक्षा भत्ता बाट बन्चित नागरिकलाई न्यानो कपडा वितरण ।

मायाँ बस्याल
प्रकाशित : २०७९ पुष २४ गते १९:४३

माथागढी गाउँपालिका वडा नम्बर ३ कसेनीका नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ

कसेनी वडा कार्यालय भित्र बसाेबास गर्ने फरक क्षमता भएका तथा सामाजिक सुरक्षा भत्ता नपाएका फरक क्षमता भए पनि पहेँलो कार्ड र निलाे कार्ड भएका नागरिक तथा अार्थिक रुपले अतिनै विपन्न परिवार ६५ जनालाई न्यानाे कपडा कम्बल र फाइबर सिरक प्रति जनालाई १/१ वटाकाे दरले वितरण गरिएको जानकारी वडा अध्यक्ष तेज बहादुर घर्ती मगरले जानकारी गराउनु भएको थियो ।न्यानो कपडा प्राप्त गर्ने सहभागीकाे तर्फबाट बाेल्दै लक्ष्मण रसाली र हुम बहादुर घर्तीले वडा कार्यालय तथा गाउँपालिकालाई विशेष धन्यवाद दिनुभएको थियोे ।
वितरण कार्यक्रममा वडा कार्यालय का कर्मचारी जनप्रतिनिधि लगाएतकाे सहभागीता रहेको थियोे

कार्यक्रम वडा अध्यक्ष तेज बहादुर घर्ती मगरको अध्यक्षता तथा कार्यालय सहायक सुकुमाया दर्जीकाे सञ्चालनमा सम्पन्न भएको हाे ।


प्रकाशित : २०७९ पुष २४ गते १९:४३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology