पूर्वखोला गाउँपालिकाद्वारा खेलाडी सम्मान ।

डिल्ली राज पंगेनी
प्रकाशित : २०७९ पुष २६ गते २१:५१

पूर्वखोला गाउँपालिकाद्वारा खेलाडी सम्मान ।
पूर्वखोला गाँउपालिकाको १२ औं गाउँ सभाको अवसर पारेर भलिबल , तेकान्दो र ब्याडमिन्टन खेलाडी तथा प्रशिक्षक , अध्यक्ष र व्यवस्थापकलाई सम्मान गरेको हो । पूर्वखोला गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले ले खेलकुद विकास समितिले सिफारीस गरेको खेलाडीहरुलाई गाउँकार्यपालिकाको निर्णय बमोजिम मायाँको चिनो र सम्मान पत्रले खेलाडी सम्मान गरेको बताउनु भयो । पूर्वखोला गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले मायाँको चिनो र सम्मान पत्र वितरण गर्दै खेलको माध्यमबाट विभिन्न क्षेत्रमा पूर्वखोलालाई चिनाएकोमा खेलाडिहरुलाई अझ उर्जाको साथ खेल्न आग्रह गर्नु भएको थियो ।
पूर्वखोला गाउँपालिकाले ब्याड्मिन्टन खेलाडी विवेक न्यौपाने , तेकान्दो खेलाडी मिलन राना , एलिसा घर्ती, अर्जित सारु , महिमा बारघरे लाई मायाँको चिनो सहित सम्मान गरेको छ । त्यस्तै भलिबल खेलाडिहरु क्रमशः रमेश घर्ती, देव बहादुर सिंजाली , सरोज सारु , दिपेश घर्ती , कृष्ण घर्ती , प्रकाश रेश्मी , नेत्र सिं ठकुरी , हिरा ब सुर्यवंशी , नीर बहादुर गाहा, खुम बहादुर बारघरे , अमिन सारु , सन्दिप सारु , विनोद नेपाली , जीवन आले , युवराज राना नेत्र सिं ठकुरी लगायत खेलाडीलाई मायाँको चिनो सहित सम्मान गरेको हो । सोही अवसरमा खेल प्रशिक्षक तथा राष्ट्रय रेफ्री अन्नत प्रसाद श्रेष्ठ , खेलकुद विकास संघका अध्यक्ष प्रेम बहादुर दिशुवा , र व्यवस्थापक नवीन आचार्यलाई मायाँको चिनो सहितको सम्मान पत्रले सम्मान गरेको हो ।
कार्यक्रममा पूर्वखोला गाउँपालिकाको तर्फबाट भलिबल खेलमा सहभागी भएर प्राप्त गरेका मेडल र प्रमाण पत्र भलिबल खेलका टिम क्याप्टेन रमेश घर्तीले पूर्वखोला गाउँपालिका अध्यक्ष , उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत मान बहादुर सारुलाई हस्तान्तरण गर्नु भएको थियो ।
सम्मान कार्यक्रममा पूर्वखोला गाउँपालिकाका प्रवक्ता मेहेर सिं थापाले खेलाडिले यो प्राप्त गरेको उपलब्धी हरु सिंगो पालिकाको गौरव रहेको बताउदै खेलाडीलाई अझ उर्जाको साथ खेल्न आग्रह गर्नु भएको थियो ।
कार्यक्रममा नवीन आचार्यले खेलाडी देशको गहना रहेकाले खेलको मात्र आधारले जीवन धान्न मुस्किल परिरहेको अवस्था छ त्यस्ता समस्यालाई निराकरण सबैले पहल गर्नु पर्ने बताउनु भयो ।
भलिवल खेलाडी रमेश घर्तीले पालिकाले खेल प्रशिक्षण केन्द्र स्थापना गरे खेल क्षेत्रमा अझै राम्रो गर्न सकिने बताउदै गाउँपालिकाले गरेको यो सम्मानमा धन्यवाद प्रकट गर्नु भएको थियो । कार्यक्रम पूर्वखोला गाउँपालिका अध्यक्ष नुन बहादुर थापाको अध्यक्षतामा गाउँपालिका सुचना अधिकृत सुचना ज्ञवालीको संचालनमा भएको हो । दृश्य


प्रकाशित : २०७९ पुष २६ गते २१:५१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology